Thursday, February 21, 2013

झिगु तीवः प्राथमिक उपचार तालिम सम्पन्न

वर्ष ९, अंक ४५ (२०६९ फागुन ११ गते शुक्रबार प्रकाशित)

झिगु तीवः प्राथमिक उपचार तालिम सम्पन्न

    नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर उपशाखा र झिगु तीवः बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त आयोजनामा आधारभूत प्राथमिक उपचार तालिम फागुन ७ गते सोमबार सम्पन्न भयो ।
    तीन दिनसम्म भएको सो तालिममा कीर्तिपुर नपा वडा नं.९ सहिदपथका स्थानीय महिला १७ र पुरुष २ जना गरी १९ जना सहभागिता थियो ।
    तालिममा आकस्मिक दुर्घटना हुँदा या कुनै कारणले आइपर्न सक्ने मानवीय घटनालाई कसरी प्राथमिक उपचार प्रदान गर्ने विषयमा तालिम दिएको थियो ।
    सो तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई फागुन ७ गते एक समारोहबीच प्रमाणपत्र प्रदान गर्नुभयो । नेपाल रेडक्रस सोसाइटी जिल्ला काठमाडौंका निवर्तमान मन्त्री संघरत्न शाक्यको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा वहाँले कीर्तिपुर पाँगाका महिलाहरुमा तालिम प्राप्तपछि आफूले सिकेका कुरा अरुलाई पनि सिकाउन आग्रह गर्नुभयो । झीगु तीवः बचता तथा ऋण सहकारी स्रस्था लि.का अध्यक्ष श्रीकृष्ण महर्जनको सभापतित्वमा भएको सो कार्यक्रममा कीर्तिपुर उपशाखाका अध्यक्ष हर्षमान महर्जन, उपाध्यक्ष राजेन्द्र बानियाँ, सहकारीका सल्लाहकार अर्जुन महर्जनलगायतले पनि तालिमको आवश्यकताबारे बोल्नुभएको थियो ।
    सो कार्यक्रममा स्थानीयवासीको रुचि बृद्धि गर्न माघ २९ गते अभिमुखीकरण कक्षा भएको संस्थाका अध्यक्ष महर्जनले सहिदलाई बताउनुभयो ।
    यस सहकारी संस्थले बचत गर्ने बानी बसाल्नुको साथै दीर्घकालीन हित हुने सामाजिक सेवा कार्यलाई पनि निरन्तरता दिने यो प्रयास हो ।

No comments:

Post a Comment