वर्ष ९, अंक ४५ (२०६९ फागुन ११ गते शुक्रबार प्रकाशित)
कुष्ठरोग सम्बन्धी जान्नै पर्ने कुराहरु
कुष्ठरोग के हो र यो के कारणबाट हुन्छ ?
कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे ९ःथअभदबअतचष्गm ीभउचबभ० नामक सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सरुवा रोग हो । यो रोगले खास गरेर छाला स्नायू र श्वास–प्रश्वास प्रणालीको माथिल्लो भागमा असर गर्दछ । यो रोग प्राचीन कालदेखि नै मानिससँग परिचित भएपनि सन् १९७३ मा मात्र नर्वे देशका वैज्ञानिक डा. जि.ए. हायानसन्ले कुष्ठरोग किटाणुको कारणलेृ हुने रोग भनी पत्ता लगाएका हुन् । यस अधि समाजमा कुष्ठरोगलाई वंशानुगत अथवा दैवी श्रापको कारणको रुपमा ग्रहण गरिएको थियो । यस रोगले छालामा असर गर्दा लाटो फुस्रो दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरु देखा पर्नुका साथै स्नायूमा असर गर्ने र हात गोडामा छोएको थाहा नपाउने हुन्छ । यस रोगले मांसपेशीहरु कमजोर बनाइदिन्छ । त्यस्तो लाटो (छोएको थाहा नपाउने) भागमा साधारण चोट पटक लाग्दा पनि छिटो निको हुँदैन ।
कुष्ठरोग सरुवा लक्षणहरु
– शरीरमा नचिलाउने लाटो फुस्रो दाग
– छाला बाक्लो हुने र गिर्खाहरु आउने
– कानको लोती बाक्लो हुने
– हातखुट्टा झमझमाउने, लाटो हुने, नशामा मोटोपना हुने
– पछि गएर हात खुट्टाका औंलाहरु लाटो, कमजोर हुनु र खुम्चँदै गएर अन्त्यमा अंगभंग हुन सक्छ ।
सम्झिनै पर्ने कुराहरु
– सुरुकै अवस्थादेखि यिमित औषधी उपचार गरेमा यो रोग पूर्णरुपले निको हुन्छ र आरुलाई सर्दैन ।
– यसको औषधी प्रत्येक अस्पताल, प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य चौकी र उप–स्वास्थ्य चौकीमा निःशुल्क उपलब्ध छ ।
–समयमै उपचार भएन भने यस रोगले अंगभंग गराउँछ ।
– परिवार तथा समाजमै राखेर रोगी व्यक्तिको उपचार गर्न सकिन्छ ।
– कुष्ठरोगीलाई सामाजिक अवहेलना तथा बहिस्कार नगरी बरु समयमै उपचार गराई अंगभंग हुनबाट बचाऔं, साथै आफू पनि आफ्नो समुदायलाई कुष्ठरोग विहिन समाज बनाऔं ।

No comments:
Post a Comment