Thursday, February 21, 2013

प्रथम कीर्तिपुर कप बास्केटबल प्रतियोगिता चालू

वर्ष ९, अंक ४५ (२०६९ फागुन ११ गते शुक्रबार प्रकाशित)

प्रथम कीर्तिपुर कप बास्केटबल प्रतियोगिता चालू

    नयाँबजार क्लव कीर्तिपुरको आयोजनामा भएको प्रथम कीर्तिपुर कप बास्केटबल प्रतियोगिता फागुन ५ गतेबाट कीर्तिपुर नयाँबजारस्थित सामुदायिक बास्केटबल कोर्टमा चालू छ ।
    सो प्रतियोगिता कीर्तिपुर नगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठले रेफ्री विकास शाहीलाई बल हस्तान्तरण गरी उद्घाटन गरिएको थियो ।
    त्यसक्रममा वहाँले खेलकुदको विकासमा कीर्तिपुर नगरपालिकाको सहयोग रहने बताउँदै अनुशासित र नियमबद्ध खेल खेल्न आग्रह गर्नुभयो । नयाँबजार क्लवका अध्यक्ष ईश्वरमुनी बज्राचार्यको सभापतित्वमा सो उद्घाटन कार्यक्रम भएको थियो ।
    यो प्रतियोगिता नेपालमा पहिलो पटक डबल राउण्ड रोविन लिगका आधारमा संचालन गरिएको हो । लिगमा उत्कृष्ट अंक ल्याउने चार टीम सेमिफाइनल खेलमा छनौट हुनेछ ।
    डिजिटल स्कोरिङ्ग बोर्ट र २४ सेकेण्डको प्रणालीले खेलाडी र खेलप्रेमीको लागि आकर्षण भएको छ ।
    यस प्रतियोगिताको सेमिफाइनल खेल चैत २७ गते र फाइनल खेल चैत्र ३१ गते हुनेछ ।
कीर्तिपुर कप बास्केटबल खेल शनिबार मात्र
    प्रथम कीर्तिपुर कप बास्केटबल प्रतियोगिताका कीर्तिपुर सामुदायिक बास्केटबल खेल मैदानमा हुँदै आएका बाँकी सबै खेलहरु अब शनिबार मात्र हुने भएको छ । पूर्व सार्वजनिक गरेको टाइसिटमा शुक्रबार पनि हुने कार्यक्रम रहेको थियो ।
    क्लवका अध्यक्ष ईश्वरमुनी बज्राचार्यले सहिद पत्रिका मार्फत सबै टीम तथा खेलप्रेमीहरुलाई त्यही अनुसार सहभागी हुन अनुरोध गरेको छ ।

No comments:

Post a Comment