Thursday, February 21, 2013

इच्छा शक्ति भएमा असम्भव भन्ने छैन

वर्ष ९, अंक ४५ (२०६९ फागुन ११ गते शुक्रबार प्रकाशित)

इच्छा शक्ति भएमा असम्भव भन्ने छैन

अजय महर्जन
    कीर्तिपुर वडा नं. ३ मा जन्मनु भएका अजय महर्जन एक सफल व्यवसायी हुन् । कीर्तिपुर हिलसाइड होटल एण्ड रिसोर्टका प्रबन्धक बिजयकुमार महर्जनका भाइ अजय होटल व्यवस्थापक पनि हुनुहुन्छ । होटल व्यवस्थापकमा मात्र वहाँ सिमित हुनुभएन फिजियो थेरापिष्ट २००७ र क्यानियो साक्रेल थेरापीमा पनि कुशल हुनुहुन्छ । अझ क्राफ्ट आर्टमा आफ्नै मौलिकतालाई जीवन्त पार्ने आर्टिस्ट पनि हुनुहुन्छ ।
    इच्छा शक्ति भएमा हरेक कार्य सफलतामा पुग्न सकिन्छ, असम्भव भन्ने छैन भने कुरामा दृध अजय महर्जन २०३४ सालमा बुबा फसी महर्जन र आमा स्व. कान्छी महर्जनको कान्छो छोरा ३५ वर्ष लक्का जवान हुनुहुन्छ ।
    २०४८ सालमा लेवोरेटरी माध्यामिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गर्नु भएका महर्जनले काठमाडौं मल्टिपल क्याम्पसबाट स्नातक उतीर्ण गर्नुभएको हो ।
    होटल व्यवस्थापन र स्वास्थ्य सम्बन्धी ट्रेनिङ्ग लिनुभएका महर्जनले क्राफ्ट आर्टमा बिना तालिम सक्षम आर्टिस्ट बन्नु भएको छ ।
    कसरी आर्ट सिक्नु भयो भन्ने हाम्रो जिज्ञासामा, ‘म कक्षा १ र २ पढ्दादेखि आर्ट गर्न खुब मन जान्थ्यो । आपैmले विभिन्न खाले चित्रको स्केच गर्दै गएँ । विद्यालयको भित्तामा मेरो चित्र टाँसले ममा अझ जागरुक आयो । कक्षा ८÷९ सम्म पुग्दा ग्रिटिङ्ग कार्ड साइजमा राम्रो आर्ट गर्न सफल भएको वहाँले बताउनुभयो ।’
    मैले गरेको आर्ट ग्रिटिङ्ग कार्डलाई विभिन्न उत्सवमा मैले साथीहरुलाई उपहारको रुपमा बाँडे । ‘एक कान दुई कान मैदान’ भने जस्तै एक साथी २ साथी हुँदै धेरै साथी कहाँ मेरो कार्डको प्रशंसा र माग पनि भयो ।
    त्यही हिसावले त्यसबेला मैले रु.३५०।– मा ह्याण्डी क्राफ्ट कार्ड धेरै बेचेँ ।
    सन् २००४ मा म मेरो साथीको पसल ललितपुर स्थित कीर्तिपुर क्राफ्टमा पुगेँ । त्यहाँ ह्याण्डी क्राफ्ट गरेका ठूला तस्वीर देखेँ । मैले पनि यसरी बनाउन सकिन्छ भन्दै त्यहीँ बसेर सधारण स्केच गरेँ र घरमा पुगेर पनि राम्रो स्केच गर्न सक्छु भनेर निरन्तर लागेँ ।
    मैले आफ्नै संस्कृतिको मौलिकपन झल्कने नेवारी समाजको स्केच २००९ देखि सुरु गरेँ । उत्पादित क्राफ्टहरु राखी क्राफ्टहरु आफ्नै होटल हिलसाइडको भित्तामा सजाएँ । घरेलु तथा बाह्य पर्यटकको मेरो स्केच क्राफ्टमा आकर्षित भयो । पीएलसिँह जो काठमाडौं नगरपालिकाका प्रमुख थिए, सजाइएका तस्वीर नै किनेर लग्यो भने धेरै विदेशीले पनि किने ।
    अझ पीएलसिँहको घरमा सजाएको क्राफ्ट वहाँ कहाँ आउने विदेशी पाहुनाले समेत किनेर लगे र फेरि त्यस्ता तस्वीरको माग भइरहेको छ ।
    अहिलेसम्म १५०/२०० वटा सम्म ठूलो क्राफ्टको फ्रेम सहित एक हजारमा बिक्री गरिसकेको वहाँ बताउनु हुन्छ ।
    मेरो पेशा होइन तर पनि फुर्सदमा मात्र बनाउने गरेको क्राफ्टमा धेरै माग भएपछि मैले नयाँबजार पाँगा दोबाटो भाजँगाल जाने बाटोमा महिला एकता बहुउद्देश्यीय सहकारी संस्थाका १८ जना महिलाहरुलाई तालिम दिएर रोजगारीको सहज वातावरण बनाउने प्रयास गरेँ । १ हप्ता तालिम दिएको सो कार्यक्रमबाट प्रशिक्षित महिला बहिनीहरुले सुरुमा मन लगाएपनि निरन्तरता दिएको पाइन ।
    मेरो ह्याण्डी क्राफ्ट महिला एकता बहुउद्देश्यीय सहकारी संस्थाको सक्रियतामा पाँगा लाछीमा भएको प्रदर्शनीमा प्रदर्शन गरेँ भने गत वर्ष लायन्स क्लव अफ कीर्तिपुरको आयोजनामा उमामहेश्वर लाय्कू (दरवार स्क्वायरमा भएको प्रथम कीर्तिपुर मिनी मेलामा प्रदर्शन गरिसकेको वहाँ बताउनुहुन्छ ।
    नेपाली कागजमा पेन्सिलबाट स्केच गरेपछि आवश्यकता र मौलिकता अनुसार विभिन्न रङ्गका कपडामा स्केच टाँस्ने र आकार अनुसारको फ्रेम बनाई तयार गरिने क्राफ्ट आर्टको तस्वीरले सबैको मन लोभ्याइने खालका छन् ।
    विना तालिम आफ्नै मिहिनेतले राम्रो स्केच गरेर नेपाली मौलिकताको क्राफ्ट तयार गर्नुहुने अजय महर्जनको आर्टलाई प्रवद्र्धन र प्रोत्साहित गरेमा अझ परिमार्जित हुँदै कीर्तिपुरको, देशको एउटा गहनाको रुपमा विकास हुनेछ भन्ने मलाई लागेको छ । अजयको होटल व्यवस्थापन, फिजियो थेरापी, कायनियो स्कायल र क्राफ्ट आर्टमा निरन्तर विजय प्राप्त गर्न सकोस्, कीर्तिपुरको इज्ज्तमा अजयको जय हुनेृ सफलता मिलोस् भनी कामना गर्दछु ।
(यस पत्रिका सम्पादक नारायण महर्जनले अजय महर्जनसँग गरेको कुराकानीमा आधारित)
अजय महर्जनद्वारा तयार पारिएका तस्विरहरु

No comments:

Post a Comment