Thursday, February 21, 2013

सशर्त या निशर्त बोझै हुने

वर्ष ९, अंक ४५ (२०६९ फागुन ११ गते शुक्रबार प्रकाशित)

सशर्त या निशर्त बोझै हुने

    बहालवाला प्रधानन्यायाधिस खिलराज रेग्मीलाई चार दलले सहमति बनाएपनि अन्तिम टुङ्गो लगाउन सकेको छैन । चार दलका ८ जना कार्यदलले तयार पारेको जेठ २२ गते निवर्चचन गर्न ९ बुँदे सहमति (नागरिक दैनिक ८ फागुन) सार्वजनिक भएपछि रेग्मीले मुख खोलेका छन् ।
    मेरो नेतृत्वमा चुनावी सरकार गठन हुने हो भने सशर्त मान्न तयार छैन स्वतन्त्र रुपले काम गर्न पाउनु पर्दछ । (ऐऐ नागरिक दैनिक)
     सशर्त होस् या निशर्त सर्वोच्च अदालतका सर्वोच्च प्रधानन्यायाधिसको लागि बोझ नै हुनेछ ।
    संवेधानिक दृष्टिले कानुन व्यवसायी र बार एसोशियसन लगायत सत्ता गठबन्धनले समेत असंवैधानिक भनिरहेको समयमा सशर्त प्रधानन्यायाधिस इच्छुक भएमा पनि  बोझ बढ्ने  निश्चित छ भने निशर्त गरेमा चार राजनैतिक दलको गोटी बनेर कार्य गर्नुपर्ने बोझ पनि रहने पक्का छ ।
    प्रधानन्यायाधिस जस्तो सर्वोच्च निकायको व्यक्तित्वले सशर्त या निशर्त भन्नु भन्दा न्यायपालिकामाथि आधात हुन्छ या हुँदैन भनेर सोच्नु जरुरी छ ।
    सत्तासीन यी चार राजनैतिक दल आफ्नो बुद्धिले नचलेको, विवेकहीन प्राणी सरह भइरहेको कारण नेपालको राजनैतिकस्थिति खस्कँदै गइरहेको हो । देशकै बुद्धिले काम गरेको भए सबै दलसँग बसेर छलफल गरी टुङ्गो लगाउन सकिन्थ्यो । अहिले चर्चा छ प्रधानन्यायाधिसको नेतृत्व पनि भारतीय शासकको चाहना अनुसार बन्दैछ । भारत सरकार नेपालमा अस्थिर राजनीति र धमिलो पानीमा माछा मार्न उद्यत छन् ।
    यो कुरा सर्वोच्च अदालतका प्रधानन्यायाधिसलाई ज्ञान नभएको होइन । कतै बुझ पचाएर या थाहा नपाएर बसेको हो भने यो प्रहार नेपालका शासक दल मार्फत भारत सफल हुनेछ । चार राजनैतिक दलहरुले अहिलसम्म गरेका सबै अनैतिक देश विरोधी कार्यको जिम्मेवारी प्रधानन्यायाधिसको टाउकोमा थोपर्ने छ । न्यायालयसमेत असपल बन्ने छ ।
    देश सिक्किमीकरण हुनबाट बचाउन राजनैतिक इमानदार र नैतिकतालाई बचाउन देशको सार्वभौमिकता रक्षामा सबै सचेत हुनु जरुरी छ ।

No comments:

Post a Comment