वर्ष ९, अंक ४५ (२०६९ फागुन ११ गते शुक्रबार प्रकाशित)
सन् २०१२ सबैभन्दा निरासापूर्ण वर्ष
काठमाडौं । शान्ति सम्झौतापछिको ६ वर्षमा यो वर्ष सबैभन्दा निरासाजनक रहेको अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले जनाएको छ ।
‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०१३’ सार्वजनिक गर्दै सो केन्द्रले नयाँ संविधान जारी नहुनु, संविधानसभाको विघटन हुनु, संवैधानिक शून्यता उत्पन्न हुनु र भावी कार्यदिशा तय नगरिनु जस्ता कारण सन् २०१२ मा मुलुक अन्योलपूर्ण बाटोमा परेको जनाएको छ ।
विधिको शासन पार्न सरकार आफै सक्रिय रहेको प्रमाणित भएको, न्यायपालिकाको आदेशलाई उपेक्षा गरिएको, मुद्दा फिर्ताको नाममा अपराधलाई प्रश्रय दिने काम भएको प्रसंग सो पुस्तकमा उल्लिखित छ ।
सामाजिक न्यायको क्षेत्रमा उल्लेखनीय काम हुन नसकेको, मुलुक भ्रष्टतम देशको सूचीमा पुगेको, राज्य तथा गैरराज्य पक्षबाट भएका तीन हजार ५२१ वटा मानवअधिकार हननका घटनाको अभिलेख हुन पुगेको पुस्तकमा चर्चा गरिएको छ ।
यसैगरी यस वर्ष ७१ जनाको अपहरण भएको, महिलामाथि भएका हिंसा तथा मानव अधिकार उल्लङ्घनका ९११ वटा घटना दर्ता भएको र ४१ जना ज्येष्ठ नागरिकको हत्या भएको प्रसंग पुस्तकमा समेटिएको छ ।
विचार गोष्ठीमा पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मा, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गौरी प्रधान, नेपाल बार एसोशिएसनका अध्यक्ष हरिकृष्ण कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले पनि बोल्नुभएको थियो ।

No comments:
Post a Comment