Thursday, February 21, 2013

युद्धप्रसादको २२ औ स्मृति

वर्ष ९, अंक ४५ (२०६९ फागुन ११ गते शुक्रबार प्रकाशित)

युद्धप्रसादको २२ औ स्मृति

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले नयाँ पुस्तामा आत्मसमर्पणविरुद्ध लड्ने भावना आवश्यक रहेको बताउनुभएको छ ।
    सो कुरा उहाँले सोमबार युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले काठमाडौंस्थित विश्वभाषा क्याम्पसमा आयोजित युद्धप्रसाद मिश्रको २२ औं स्मृति दिवस तथा पुरस्कार अर्पण समारोहमा बताउनुभएको हो ।
    उहाँले प्रगतिशील साहित्य फाँटका अग्रणी स्रष्टा युद्धप्रसाद मिश्रको कवितामा देशको विरुद्ध षड्यन्त्र गर्ने दलाल चरित्रका राजनीतिक पात्रहरूलाई उदाङ्ग्याउने भाव झल्किएको उल्लेख गर्दै मिश्रको भावनालाई नयाँ पुस्ताले अनुसरण गरेर आत्मसमर्पण गर्ने प्रवृत्तिविरुद्ध लड्ने भावना विकास गर्नुपर्ने बताउनुभयो ।
    समारोहमा उहाँले २०६८ सालको युद्धप्रसाद स्मृति पुरस्कारबाट कवि एवं नियात्राकार राम विनयलाई नगद रु. १० हजारसहित सम्मानपत्रद्वारा सम्मान गर्नुभयो ।
    समारोहमा राजनीतिज्ञ गोविन्द ज्ञवालीले नेपाली समाजमा क्रान्तिको विजारोपणको काम गर्ने व्यक्तित्वका रुपमा युद्धप्रसाद मिश्र रहेको बताउनुभयो ।
    समारोह आयोजक प्रतिष्ठानका अध्यक्ष बासुदेव अधिकारीको सभापतित्वमा भएको थियो । समारोहमा समालोचक रामप्रसाद ज्ञवाली, गायक रामकृष्ण दुवाल, डा.मुकेशकुमार चालिसे र स्रष्टा राम विनयले पनि बोल्नुभएको थियो ।

No comments:

Post a Comment