वर्ष ९, अंक ४३ (२०६९ माघ २६ गते शुक्रबार प्रकाशित)
भक्तपुरमा अंग प्रत्यारोपण केन्द्र
भक्तपुर । भक्तपुरमा अंग प्रत्यारोपण केन्द्र संचालन भएको छ । मृगौला सफलतापूर्वक प्रत्यारोपन गरेको छ । फागुनबाट मृगौलाको डाइलोसिस सेवा र निकट भविष्यमै कलेजो, आमासय, हाडको मासि, मुटु र फोक्सो समेत प्रत्या।रोपन गर्ने लक्ष्य लिएको छ ।
विदेशमा २० लाख खर्च लाग्ने मृगौला प्रत्यारोपनको भक्तपुर केन्द्रमा १ लाखको सेवा शुल्क र ४ लाखको औषधी लगायतका सामग्री समेत गरी ५ लाखमा शल्यक्रिया हुन्छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले भक्तपुरमा सञ्चालन प्रारम्भ मानव अङ्ग प्रत्यारोपण केन्द्रको मंगलबार निरीक्षण गर्नुभएको छ ।
दुई हप्ता अघि सफल मृगौला प्रत्यारोपण र फागुनबाट मृगौलाको डाइलाइसिस सेवा दिँदै आएको केन्द्रबारे अध्यक्ष रोहितले चासोपूर्वक जानकारी लिनुभयो । उहाँले मृगौला प्रत्यारोपण गरी सघन उपचारकक्षमा स्वास्थ्य लाभ गरिरहेका बिरामी रत्न श्रेष्ठको स्वास्थ्य स्थितिबारे बुझ्नुभयो । उहाँले केन्द्रमा प्रथम मृगौला प्रत्यारोपण गर्न मृगौला दान दिने रत्न श्रेष्ठका भाइ सिजन श्रेष्ठको स्वास्थ्य अवस्थासमेत जानकारी लिनुभयो ।
सोही क्रममा अध्यक्ष रोहित मृगौलाको डाइलाइसिस कक्ष पुगी सेवा प्राप्त गरिरहेका रोगीहरूसँग सामान्य भलाकुसारी गर्नुभयो । उहाँले अत्याधुनिक प्रविधियुक्त अङ्गप्रत्यारोपण शल्यक्रिया कक्षहरूको समेत निरीक्षण गर्नुभएको थियो । उहाँले गत फागुनबाट सुरू नेफ्रोलोजी, युरोलोजी र प्रत्यारोपण वहिरङ्ग सेवाबारे जानकारी लिनुभयो ।
केन्द्र निरीक्षणको क्रममा अध्यक्ष रोहितले मृगौला रोगको रोकथामका उपायबारे केन्द्रले सर्वसाधारण जनतालाई सचेत गर्नुपर्ने विचार राख्नुभयो । डा. श्रेष्ठले केन्द्रका विशेषज्ञहरूसमेतले विद्यालय र कलेजका शिक्षक र विद्यार्थीलाई रोगबारे जानकारी गराउनुपर्ने बताउनुभयो ।
केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अध्यक्ष रोहितलाई स्वागत गरी केन्द्रका सेवाबारे जानकारी गराउनुभएको थियो । उहाँले नेपालमा ३ करोड जनतामा ३१ लाखमा मृगौलासम्बन्धी कुनै न कुनै समस्या भएको उल्लेख गर्दै केन्द्रको सञ्चालनबाट सर्वसाधारणलेसमेत उच्चकोटीको उपचार पाउने उल्लेख गर्नुभयो । उहाँको भनाइ थियो – ‘विदेशमा २० लाख रूपैयाँ खर्च पर्नेमा भक्तपुरस्थित मृगौला प्रत्यारोपण केन्द्रमा १ लाखको सेवा शुल्क र ४ लाखको औषधीलगायतका सामग्री गरी ५ लाख रूपैयाँमा शल्यक्रिया हुन्छ ।’ डा. श्रेष्ठले केन्द्रले उत्कृष्ट सेवा प्रदान गर्ने बताउँदै भविष्यमा कलेजो, आमासय, हाडको मासि, मुटु र फोक्सोसमेतको प्रत्यारोपण सेवा सुरू गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।
निरीक्षणमा नेमकिपाका कोषाध्यक्ष एवम् भक्तपुर नगरपालिकाका जननिर्वाचित उपप्रमुख चैत्यराज शाक्य सहभागी हुनुहुन्थ्यो । केन्द्रमा एकै पटक १५ जना रोगीको मृगौलाको डाइलाइसिस गर्न सकिने व्यवस्था छ भने निकट भविष्यमा थप ५ वटा बेडको व्यवस्था हुने बताइएको छ । केन्द्र भक्तपुर अस्पतालसँगैको भवनमा सञ्चालित छ ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete