Thursday, February 14, 2013

देश अन्तिम प्रशव व्यथामा स्वतन्त्र र तटस्थ, स्वच्छ छविको प्रम जन्मनु आवश्यक

वर्ष ९, अंक ४४ (२०६९ फागुन ४ गते शुक्रबार प्रकाशित)

देश अन्तिम प्रशव व्यथामा

स्वतन्त्र र तटस्थ, स्वच्छ छविको प्रम जन्मनु आवश्यक

    अहिले मुलुक अन्तिम प्रशव ब्यथामा रहेको छ । संविधान सभाको जन्म भएर २ बर्ष भित्र नयाँ संविधान जन्माउने कसरत समय नपुगेपछि पटक पटक गरी ४ बर्ष समयसीमा थप्दा पनि अन्ततः नयाँ संविधान जन्माउने संविधान सभाको नै हत्या गरियो, अवसान भयो ।
     संविधान सभाको अवसान भएको ८ महिना वितिसक्यो । काम चलाउ सरकारको पनि ८ महिना पुगेको छ । लामो समयसम्म काम चलाउ सरकार रहनु, संविधानिक निकाय शुन्यतामा रहनु देशको लागि हितकर छैन । चादो भन्दा चादो देशमा संवैधानिक शुन्यता अन्त गर्न दलहरुवीच सहमति खोज्न धेरै प्रयास पनि ब्यर्थ भयो । राष्ट्राध्याक्षबाट नौ पटक सम्म सहमतीय सरकारको आह्वानमा पनि सहमति हुन दलहरु असफल भए । राष्ट्रपतिको प्रयास पनि असफल भयो । एमाओवादीको हेटौडा सम्मेलनबाट बहालवाला प्रधानन्याधिसको प्रधानमन्त्रीत्वमा चुनावी सरकार गठन गर्ने प्रस्तावसँगै पुनः सहमतीय माहोल तातेको छ । राष्ट्रपतिले पुनः फागुन १ गते शीतलनिवास वोलाएर सहमति खोजेपनि राजनैतिक दल र कानुनविद कसैले पनि एमाओवादीको प्रस्ताव स्वीकार्न सकेन । यही २०७० जेठ १५ भित्र निर्वाचन गराउने वातावरण बनाउने हो भने फागुन ७ गते सम्ममा चुनावी सरकार गठन हुनुपर्ने भएकोले राष्ट्रपतिले राजनैतिक निकास खोज्न दैनिक वोलावट भैरहेको छ । दलहरुवीच एक आपसमा सहमति दिन नसक्ने भएकाले स्वतन्त्र वा तटस्थ, स्वच्छ छवि भएको प्रधानमन्त्रीको खोजिमा मुलुक रहेको छ । राजनीतिक निकास दिन मुलुक अन्तिम प्रशव ब्यथामा रहेको छ । अव देशमा राजनीतिक निकासको उत्तम उपाय भनेको स्वतन्त्र वा तटस्थ, स्वच्छ छवि भएका ब्यक्ति प्रमको (जन्म) नियुक्तीले मात्र हुन सक्छ ।
      त्यसको निम्ति पनि राजनैतिक सहमति नै हुनुपर्ने भएकोले देशका सवै जिम्मेवार पार्टीले कम्तिमा पनि ६ महिनाको लागि आ–आफ्नो अहम भावना त्याग्नु जरुरी छ ।

No comments:

Post a Comment