Thursday, February 14, 2013

पाँगा परिकल्पनाको २ वर्ष !

वर्ष ९, अंक ४४ (२०६९ फागुन ४ गते शुक्रबार प्रकाशित)

पाँगा परिकल्पनाको २ वर्ष !

    भिजन पाँगा २०६८ बैशाख १०, ११ र १२ गते सम्पन्न भएको झण्डै २ वर्ष पुग्न लागेको छ । पाँगा भिजन बनाउन तीन दिन कीर्तिपुर हिलसाइड होटल एण्ड रिर्सोटमा सहजकर्ता एवं परिकल्पनाकार सहदेव महतको कुरामा हामी रमायौं ।
    विशेष गरी पाँगा क्षेत्रका राजनैतिक दल, विभिन्न संघसंस्थाहरुः नागरिक समाज, बुद्धिजीवी, इन्जिनियर, पर्यटन, सांस्कृतिक गुठी, क्लव, व्यापारी, आदि क्षेत्र र तहतप्काबाट घटीमा ५ जना प्रतिनिधिलाई करिव १५० जनाको गोष्ठी भएको थियो ।
    पाँगा परिकल्पना कार्यशाला गोष्ठी तयारी समितिका अध्यक्ष ई. दुर्कमान महर्जन र पाँगा युथका युवाहरुको सक्रियतामा भएको सो गोष्ठीले भौतिक संरचनाको विकास, शिक्षा, स्वास्थ्य, संस्कृति, कृषि, पानी, सरसफाई, यातायात, सूचना तथा सञ्चार लगायतमा एउटा बृहत (मास्टर प्लान) गुरु योजना बनाउने सोच थियो ।
    सहजकर्ता सहदेवले सहज बनाउन ठूलो भूमिका खेल्नुभयो तीन दिन । हजारौं तलव दिई लाखौं खर्च गरिएको भिजन पाँगा त्यसबेला तीन दिन बसाईले जोश दिएकै हो । त्यसैले विकास अहिले नगरे कहिले गर्ने ?, हामीले नगरे कसले गर्ने ?, आज नगरे कहिले गर्ने ? मा सबैको ध्यान खिचेको थियो । हुन पनि हो हाम्रो गाउँको विकास अहिले नगरे कहिले, हामीले नगरे कसले ? आज नगरे कहिले ।
    विकास अहिले नै, हामीले नै गर्ने प्रतिबद्धता व्यक्त भएको सो गोष्ठी आज पौने २ वर्ष हुँदै २ वर्ष पुरा हुँदैछ ।गोष्ठीको प्रोफाइल तयार हुँदै गरेको त्यसबेलै सुनिएको थियो तर अहिलेसम्म के भइरह्यो ? किन चुपचाप भयो ? गोष्ठीले दिएको म्याण्डेट कता पुग्यो ?
    के ज्ञानको लागि ज्ञान, परिकल्पनाको लागि परिकल्पनामै टुङ्गियो । के यसरी चुप बसेर भिजन पाँगाको भिजन तयार हुन्छ, गुरु योजना तयार हुन्छ ?
    कमसेकम त्यसबेला उठेका सवाललाई लिपिबद्ध गरी पुस्तकारको रुपमा बाहिर ल्याइदिएको भए अर्को गोष्ठी भइसक्दथ्यो होला । तीन दिनको गोष्ठी त मात्र सुरुवात हो ।
    त्यसबाट उठेका विचार मत, अभिमतलाई पुनःछलफल गरी अर्को प्रोफाइल तयार गरी जनतामा लग्नु पर्दथ्यो ।
    भिजन भिजनको लागि मात्र होइन भविष्यको एउटा नमूना नीति हुन्थ्यो ‘गुरु योजनाको’ ।
    हो समाजमा हामीले चाहे अनुरुप तुरुन्तातुरुन्त विकास हुँदैन । त्यसको लागि सबै पक्ष र सरोकारवालासँग तालमेल मिल्नुपर्दछ । एक हातले ताली बज्दैन, स्रोत साधन र इच्छाशक्ति भयो भने सरल हुन्छ ।  अबको २ महिनापछि भिजन पाँगाको २ वर्ष वार्षिक दिन हुनेछ । हिजो के कति कमजोरीले काम भएन भएन । अब दोस्रो वार्षिक दिनभित्र भिजन पाँगाको केही भिजन मात्र भएपनि बाहिर ल्याउन सक्ने भएमा सहभागी प्रतिनिधिको सन्तुष्ट मिल्थ्यो कि, पाँगाबासीले यस्तो भएको रैछ भनने सूचना पाउँथ्यो कि ।
    भिजन पाँगा निर्माता कार्यसमितिलाई यो पङ्कितकारको अनुरोध हो ।                                         – एनम

No comments:

Post a Comment