Thursday, February 7, 2013

मानव अधिकार वर्ष पुस्तकबारे पूर्वसमीक्षा

वर्ष ९, अंक ४३ (२०६९ माघ २६ गते शुक्रबार प्रकाशित)

मानव अधिकार वर्ष पुस्तकबारे पूर्वसमीक्षा

    ललितपुर । मानव अधिकार हनन तथा दण्डहीनता अन्त्यका लागि राजनीतिक प्रतिबद्धताको खाँचो औंल्याइएको छ ।
    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरले मंगलबार आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१३ को पूर्व समीक्षा गोष्ठीमा वक्ताहरूले सो आवश्यकता औँल्याउँदै मानवअधिकार तथा दण्डहीनताका घटनामा आरोपीलाई राजनीतिक संरक्षण हुने गरेकोले यस्तो घटना बढिरहने बताएका छन् ।
    कार्यक्रममा नेपाली काँग्रेस ललितपुरका सचिव रविन्स शर्माले दण्डहीनता अन्त्यका लागि सरकार नै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा जिल्ला विकास समिति ललितपुरका पूर्वसभापति माधव पौडेल, मध्यमाञ्चल क्षेत्रका इन्सेक संयोजक कृष्ण गौतमलगायतले मानवअधिकार उल्लङ्घनका विभिन्न पक्षबारे बोल्नुभएको थियो ।
    सन् २०१२ मा ललितपुरमा भएका विभिन्न घटनालाई समावेश गरी ललितपुर इन्सेकले पहिलो पटक मानवअधिकार वर्ष पुस्तक प्रकाशन गर्न लागेको हो ।
    ललितपुरमा भएका घटनाहरूमा गत जेठ १८ गते बागमती किनारामा सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको अज्ञात समूहबाट भएको हत्या, नख्खु जेलको ‘ग’ श्रेणीको जेलमा राखिएको बन्दीको अवस्था, नेकपा (माओवादी) कार्यकर्ताबाट असोज महिनामा स्थानीय घुसेल विद्यालयका शिक्षकमाथि भएको कुटपिट, पुसमा कुपण्डोलस्थित एक क्याम्पसमा नेविसंघका कार्यकर्ताबीच भएको झपड, आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आयोजना गरेको उपत्यका बन्दका क्रममा पत्रकारमाथि भएको कुटपिटलगायतका घटनालाई उक्त पुस्तकमा समावेश गर्ने बताइएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete