वर्ष ९, अंक ४३ (२०६९ माघ २६ गते शुक्रबार प्रकाशित)
एकतीस टेलिभिजनलाई प्रसारणका लागि अनुमति
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयबाट पुस मसान्तसम्म ३१ वटा टेलिभिजनले प्रसारणका लागि अनुपतिपत्र लिएका छन् ।
मंसिरसम्ममा ३९ वटा टेलिभिजनले अनुमतिपत्र प्राप्त गरेकामा तीमध्ये राष्ट्रिय प्रसारण नियमावली, २०५२ को नियम ९ (क) ले तोकेको अवधिभित्र प्रसारण प्रारम्भ नगर्ने आठ टेलिभिजनको अनुमति रद्द गरिएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयमा सोमबार आयोजित प्रवक्ता पत्रकार भेटघाट कार्यक्रममा सो मन्त्रालयका प्रवक्ता नारायणप्रसाद सञ्जेलले ग्लोवल नेपाल नेटवर्क, भूमि टेलिभिजन नेटवर्क प्रालि, म्यूजिक टेलिभिजन नेपाल, मकालु मिडिया प्रालि, सनराइज टेलिभिजन प्रालि, भ्वाइस अफ युथ टेलिभिजन, एरिना टेलिभिजन प्रालि र मधेशका लागि सञ्चारको प्रसारण अनुमतिपत्र रद्द गरिएको जानकारी दिनुभयो ।
पुस महिनासम्म ५१२ वटा एफएमले प्रसारण अनुमति पाएकोमा ३४४ वटा मात्र नियमित प्रसारणमा रहेको उल्लेख गर्दै उहाँले पुस महिनासम्ममा ७६२ वटा केबुलले प्रसारणको अनुमति प्राप्त गरेको बताउनुभयो ।
चलचित्रकर्मीहरूसँग सम्झौता भई चलचित्रकर्मीको आन्दोलन टुङ्गिएको जानकारी दिँदै प्रवक्ता सञ्जेलले चलचित्रकर्मी कल्याण कोषमार्फत् ४ जना चलचित्रकर्मीलाई मासिक वृित्त प्रदान गर्ने कार्यलाई निरन्तरता दिइएको उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासंघको भवन निर्माण गर्न रू. १ करोड अनुदान उपलब्ध गराउने विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको र सो सम्बन्धमा मन्त्रिपरिषद्बाट निर्णय भएअनुसारको रकम महासंघलाई उपलब्ध गराउन निकासाका लागि अर्थमन्त्रालयमा पत्राचार भइसकेको उहाँले जानकारी दिनुभयो ।
प्रवक्ता सञ्जेलका अनुसार आर्थिक वर्ष २०६८/ ६९ का लागि पत्रपत्रिका वर्गीकरण प्रयोजनका लागि ८७६ वटाले आवेदन दिएको र आ.व. २०६७/६८ को पत्रपत्रिकाको वर्गीकरणको लागि मूल्याङ्कन गर्ने कार्य भइरहेको छ ।
राष्ट्रिय योजना आयोगको सचिवालयका सहायक प्रवक्ता सागर आचार्यले राष्ट्रिय औद्योगिक गणना (प्रत्येक पाँच/पाँच वर्षमा हुने) को तथ्याङ्क सङ्कलन गर्ने कार्य सुरू गरिएको जानकारी दिँदै राष्ट्रिय कृषि गणना २०६८ को नतिजा असार १५ भित्र प्रकाशनमा ल्याइने जानकारी दिनुभयो ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete