Friday, February 8, 2013

एमाओवादी सुधारिएको कम्युनिष्ट पार्टीमा परिणत

वर्ष ९, अंक ४३ (२०६९ माघ २६ गते शुक्रबार प्रकाशित)

एमाओवादी सुधारिएको कम्युनिष्ट पार्टीमा परिणत

आन्दोलनबाटै सत्ता झार्ने: विपक्षी , २० वर्षसम्म सत्तामा बस्ने: सत्तारुढ

    नेपालको कम्यूनिष्ट आन्दोलनमा २१ वर्षपछि एकताको सातौं महाधिवेशन गर्न सफल र १० वर्षे जनयुद्ध गरी शान्तिपूर्ण अवतरण गरेका एकीकृत नेकपा माओवादी सुधारिएको कम्यूनिष्ट पार्टीमा परिणत भएको छ ।
    पूँजीवादी शासन सत्ता विध्वंस गर्ने र नेपालमा सर्वहारा वर्गको शासन सत्ता नयाँ जनवाद, समाजवाद स्थापना गर्ने लक्ष्यमा साथ जन्म भएको नेकपा माओवादी गणतन्त्रसँगै कम्यूनिष्टबाट पलायन भएका छन् । ६३ सालको जन आन्दोलनसँगै संविधानसभाको ठूलो दल बनेका एमाओवादी पूँजीवादी सत्तामा नराम्ररी फसेपछि सातौं महाधिवेशनबाट वर्ग संघर्ष, विद्रोह, जनयुद्ध सबै त्याग गरेका छन् ।
    महाधिवेशनमा पार्टीका अध्यक्ष प्रचण्डले देशी र विदेशी सबै भाइचारा पार्टीको सामुन्ने र अध्यक्षको प्रतिवेदनमा समेत फेरी जनयुद्ध गर्नु भनेको सहिद र नेपाली जनताको अपमान हुने शंखघोष गरे ।
    हेटौंडामा भएको पार्टीको महाधिवेशनमा पार्टी अधयक्ष प्रचण्डले उद्घाटन मन्तव्यका क्रममा आन्दोलनरत एमाले र काँग्रेसलाई पट मूर्खको संज्ञा दिई यदि आन्दोलन रोकी एमाओवादीले जेठमा गर्ने भनेको निर्वाचनमा भाग नलिने हो भने मर्ने बेला कमिलाको प्वाँख आए जस्तै हुने चेतावनी दिँदै त्यसको फैसला जनताले गर्ने भन्नुभयो । कार्यक्रममा आन्दोलनरत दल एमाले–काँग्रेसका शीर्ष नेता अनुपस्थित भएपनि पार्टीका जिम्मेबार नेता रामचन्द्र पौडेल र बामदेव गौतमले पार्टीको सम्मेलनको सफलताको कामना गर्नुभयो ।
बामदेवको फुस्रो भाषण
    बामदेवले केही दिन अधि एक कार्यक्रममा वर्तमान प्रधानमन्त्रीलाई गोली हान्ने त होइन जेलमा हाल्ने उद्घोष गरेका थिए । जसको पार्टीका उपाध्यक्षलाई जेल हाल्ने उद्घोष पनि गर्ने अनि पार्टीको सम्मेलनको सफलताको पनि काम गर्ने बामदेव भाषण फुस्रो र केटाकेटीपन सावित भएको छ ।
    आन्दोलन पनि गर्ने, त्यही दललाई शुभकामना पनि दिने विपक्षी दलको बौद्धिक धरातल प्रस्ट देखाएको छ ।
आन्दोलनबाटै सत्ता झार्ने
    विपक्षी ९ दलले प्रमुख शहरमा विरोध सभा गरेका छन् । विरोधसभामा सहभागीको संख्या देखेर आन्दोलनमय भएको भन्दै आन्दोलनबाटै सत्ता कब्जा गर्ने भनेका छन् । त्यसको क्रममा पहिलो चरणको कार्यक्रम २६ गते काठमाडौं खुलामञ्चमा समापन गर्दै अर्को चरणको आन्दोलन घोषणा गर्ने तयारीमा छन् विपक्षी ।
२ दशक नछोड्ने
    वर्तमान सरकारको नेतृत्व गर्नुहुने प्रम बाबुराम भट्टराईले २ दशकसम्म सत्ताबाट नहट्ने त्यसको लागि पार्टीले वातावरण सृजना गर्ने बताउनु भएको छ । विपक्षी दलको अडान कच्चा देखेपछि, सम्मेलनमा विपक्षी दलले बहिस्कार गर्न नसकेपछि विपक्षी कति तौलको आन्दोलन गर्ला भन्ने अनुमान गर्दै प्रमले २ दशक सत्ता नछाड्ने भन्नुभएको स्पष्ट छ ।
एन के श्रेष्ठ बढी आलोचित
    पार्टींका उपाधयक्ष एवं उपप्रम नारायणकाजी श्रेष्ठले विप्पा सन्धी र भारतलाई हेर्ने दृष्टिकोणमा लिखित फरक मत राखेपछि, त्यसबारे पत्रकार सम्मेलन समेत गरेको भन्दै प्रतिनिधिहरुले तीव्र आलोचना गरेका छन् । सुधारवादी कम्यूनिष्ट पूँजीवादी कम्यूनिष्ट हो । पूँजीवादमा जनताको हित गर्ने गदैृन । त्यस्तो पार्टीले जनविरोधी कार्य गर्न कहिले पछि पर्दैन ।
बन्द कि खुला
    ठूला पार्टी भनिने एमाओवादी, माओवादी, नेका एमालेको सम्मेलन बन्दसत्र भएकै छैन । बन्दसत्रमा एउटा सिन्को तलमाथि गरेको समाचार समेत बाहिर आउने गर्दैन तर ठूला पार्टीको सबैकुरा गृह्य समेत बाहिर आउने गरेको छ । प्रचार मुखिमा केन्द्रित राजनीतिले गर्दा त्यसरी बाहिर आएको हो । राजनैतिक विशलेषकको धारण रहेको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete