वर्ष ९, अंक ४३ (२०६९ माघ २६ गते शुक्रबार प्रकाशित)
त्यसको लागि नपाबाट तत्कालको लागि जग्गा देखाउन मंगल माविस्थित कान्जीको जग्गा देखाएर प्रक्रिया शुरु गरेको थियो । त्यो आश्वासन असफल भयो । वास्तवमा कीर्तिपुर नपा द्वन्द पीडिट क्षेत्र नै थियो । पटक पटक नपामा र वडा कार्यालयमा वम पडकेकै थियो भौतिक संरचना क्षति भएको थियो । त्यस दृष्टिले पनि शान्ति मन्त्रालयबाट विना कुनै झन्झत सामान्य प्रक्रियाबाट छुट्याइएको बजेट विनियोजित गर्नुपर्ने थियो ।
अहिले पनि आगामी आ.व. को लागि नगर विकास कोषबट प्राप्त हुने अनुदान ऋण हात पार्न नगरपालिका विशेष चनाखो हूनु जरुरी छ । जनप्रतिनिधिविहीन अवस्थामा कर्मचारीहरुले मात्र त्यति चासो नदिदा हात परेको समेत गुम्ने भएकोले राजनैतिक दलहरु पनि सक्रिय हुनु जरुरी छ ।
कहाँ बनाउने ?
आ. व. २०७०/०७१ मा नगरपालिका भवन बनाउने बजेट राखेपछि कहाँ बनाउने भन्ने विषयमा छलफल शुरु गर्नुपर्ने बेला भइसक्यो ।
हाल वस्दै आएको नपा कार्यालय अपायक ठाउँमा भयो भन्दै आएका पूर्व जनप्रतिनिधि, कीर्तिपुरवासीले अब बन्ने भवन सवैको केन्द्र भागमा पायक पर्ने गरी बनाउनुपर्नेवारे नगाउँमा छलफल शुरु गरेको छ ।
कीर्तिपुर नयाँगेट नजिकै त्रिविको जग्गामा, हुनमानघाट चिखु फाँट, पाँगाको दन सार्वजनिक जग्गामा बनाउँदा राम्रो हुने प्रस्ताव अगाडि आएकोछ । हनुमान घाट चिखु फाँट नगर विकास क्षेत्र (टाउनप्लान) भित्र पर्ने र पाँगाका दन सार्वजनिक पोखरी नै भएकोले सवैलाई पायक पर्ने, यातायातको सुविधालाईसमेत ध्यान दिने हो भने त्रिविको जग्गामा उपयुक्त देखिन्छ ।
कीर्तिपुर नपाको भवन नगरवासीको आफ्नै भवन हुने भएकाले नपा भवन कहाँ बनाउने वारे छलफल अहिले देखि चलाउनु राम्रो हुने छ ।
कीर्तिपुर नपाको आफ्नै भवन बन्ला ?
कीर्तिपुर नगरपालिकाको १८ औं नगरपरिषद्ले आ.व. २०७०/०७१ को बजेट विनियोजनमा बाह्य स्रोतबाट नगर विकास कोषबाट ३ करोड अनुदान ऋण प्राप्त गर्ने अनुमान गरिएको छ । यसभन्दा अघि पनि शान्ति मन्त्रालयबाट द्वन्द पीडित क्षेत्र भौतिक निर्माणको लागि कीर्तिपुर नपाको लागि ३ करोड ५० लाख आउने पक्का भएको थियो ।त्यसको लागि नपाबाट तत्कालको लागि जग्गा देखाउन मंगल माविस्थित कान्जीको जग्गा देखाएर प्रक्रिया शुरु गरेको थियो । त्यो आश्वासन असफल भयो । वास्तवमा कीर्तिपुर नपा द्वन्द पीडिट क्षेत्र नै थियो । पटक पटक नपामा र वडा कार्यालयमा वम पडकेकै थियो भौतिक संरचना क्षति भएको थियो । त्यस दृष्टिले पनि शान्ति मन्त्रालयबाट विना कुनै झन्झत सामान्य प्रक्रियाबाट छुट्याइएको बजेट विनियोजित गर्नुपर्ने थियो ।
अहिले पनि आगामी आ.व. को लागि नगर विकास कोषबट प्राप्त हुने अनुदान ऋण हात पार्न नगरपालिका विशेष चनाखो हूनु जरुरी छ । जनप्रतिनिधिविहीन अवस्थामा कर्मचारीहरुले मात्र त्यति चासो नदिदा हात परेको समेत गुम्ने भएकोले राजनैतिक दलहरु पनि सक्रिय हुनु जरुरी छ ।
कहाँ बनाउने ?
आ. व. २०७०/०७१ मा नगरपालिका भवन बनाउने बजेट राखेपछि कहाँ बनाउने भन्ने विषयमा छलफल शुरु गर्नुपर्ने बेला भइसक्यो ।
हाल वस्दै आएको नपा कार्यालय अपायक ठाउँमा भयो भन्दै आएका पूर्व जनप्रतिनिधि, कीर्तिपुरवासीले अब बन्ने भवन सवैको केन्द्र भागमा पायक पर्ने गरी बनाउनुपर्नेवारे नगाउँमा छलफल शुरु गरेको छ ।
कीर्तिपुर नयाँगेट नजिकै त्रिविको जग्गामा, हुनमानघाट चिखु फाँट, पाँगाको दन सार्वजनिक जग्गामा बनाउँदा राम्रो हुने प्रस्ताव अगाडि आएकोछ । हनुमान घाट चिखु फाँट नगर विकास क्षेत्र (टाउनप्लान) भित्र पर्ने र पाँगाका दन सार्वजनिक पोखरी नै भएकोले सवैलाई पायक पर्ने, यातायातको सुविधालाईसमेत ध्यान दिने हो भने त्रिविको जग्गामा उपयुक्त देखिन्छ ।
कीर्तिपुर नपाको भवन नगरवासीको आफ्नै भवन हुने भएकाले नपा भवन कहाँ बनाउने वारे छलफल अहिले देखि चलाउनु राम्रो हुने छ ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete