Friday, February 8, 2013

पाँगा दोबाटो–चोभार गेट सडकः जगेडा कोष स्वीकृत

वर्ष ९, अंक ४३ (२०६९ माघ २६ गते शुक्रबार प्रकाशित)

पाँगा दोबाटो–चोभार गेट सडकः जगेडा कोष स्वीकृत

पाँगा दोबाटो–चोभार गेट जोड्ने बाटो

    जगेडा कोष संचालन कार्यविधि २०६६ बमोजिम कीर्तिपुर नगरपालिकाले प्रस्तावित ३ वटा आयोजना स्वीकृत भएको छ ।
    स्थानीय विकास कोष संचालन समितिको पुस ३ गते बसेको बैठकबाट स्वीकृत भएको आयोजनामा वारुण यन्त्र खरिद, पाँगा दोबाटो–ढोकासी–चोभार गेटसम्मको सडक सुधार र नयाँबजार–मंगल मावि–बाघभैरव मन्दिर सडक सुधार को लागि २ करोडको आयोजना परेको हो ।
    कीर्तिपुर नगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठले दिनुभएको जानकारी अनुसार कुल लागत २ करोडको आयोजनामा वारुण यन्त्र खरिद गर्न ७७ लाख, पाँगा दोबाटो–चोभारगेटको सडकको लागि ६७ लाख र नयाँबजार–बाघभैरवको लागि ५६ लाख रहेको छ । लागत सहभागितामा संचालन हुने सो आयोजनाको लागि नपाले वारुण यन्त्रको लागि १०% र सडक सुधारको २ वटा योजनामा ५० प्रतिशत वेहोरिनेछ ।
    लामो समयदेखि जीर्ण रहेको पाँगा दोबाटो–चोभारगेट र मंगल मावि– बाघभैरव सडक सुधारले नपाको सराहनीय गर्नु पर्दछ ।
    अब आगामी जगेडा कोष भाजँगल एन्चो सडक, पाँगा ईचाखेल–जाखा–भत्केपाटी सडक सुधार तथा ढल निकास, अजय मार्ग, पाँगाको पूर्वीय भागको ढल निकासलाई जगेडा कोषमा स्वीकृतिको लागि सक्रिय हुनुपर्ने देखिन्छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete