Friday, February 8, 2013

राष्ट्रव्यापी वर्कर्स कप भलिबल सुरु

वर्ष ९, अंक ४३ (२०६९ माघ २६ गते शुक्रबार प्रकाशित)

राष्ट्रव्यापी वर्कर्स कप भलिबल सुरु

    भक्तपुर । आठौं राष्ट्रव्यापी वर्कर्स कप भलिबल प्रतियोगिता माघ २४ गते बुधबारबाट भक्तपुर सहिद स्मृति खेल मैदानमा सुरू भएको छ ।
    बुधबार नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङ्गद्वारा उद्घाटन पश्चात् भएको खेलमा आर्मीले आयोजक युवा खेलकुद समूह नेपाललाई २५–१३, २५–५, २५–६ को सोझो सेटमा पराजित गरेको थियो भने दोस्रो खेलमा मध्यपुरले जिल्ला भलिबल संघ काभ्रेलाई पराजित गरेको थियो ।
    प्रतियोगितामा नेपाल पुलिस क्लब, जिल्ला भलिबल संघ, काभ्रे, जावलाखेल भलिबल प्रशिक्षण क्लव, मध्यपुर खेलकुद समूह, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र आयोजक युवा खेलकुद समूह नेपाल रहेको छ ।
    माघ २९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, तेस्रो हुनेले २० हजार र चौंथो हुनेले १० हजार नगद  पाउने आयोजकले जनाएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete