Thursday, February 7, 2013

क्रियटिभ एकेडेमीमा अभिभावक दिवस सम्पन्न

वर्ष ९, अंक ४३ (२०६९ माघ २६ गते शुक्रबार प्रकाशित)

क्रियटिभ एकेडेमीमा अभिभावक दिवस सम्पन्न

    क्रियटिभ एकेडेमी कीर्तिपुरको अभिभावक दिवस शनिबार आफ्नै विद्यालय प्राङ्गणमा सम्पन्न भयो ।
    त्रिविका उपकुलपति प्रा.डा. हिरा बहादुर महर्जनको प्रमुख आतिथ्यमा पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको सो कार्यक्रममा वहाँले विद्यालयको प्रगतिको कामना गर्नुभयो । विद्यालयबाट अब अनुसन्धानात्मक शिक्षा दिनुपर्ने जोड दिँदै शिक्षक–शिक्षिकाले विशेष भूमिका खेल्नुपर्ने बताउनुभयो । शिक्षा आत्मनिर्भर हुने, सामाजिक प्रतिष्ठित हुन सक्ने आवश्यकता रहेको बताउनुभयो ।
    त्यसक्रममा वहाँले ‘हेमबहादुर महर्जन अक्षय कोष’ अन्तर्गत मावि, निमावि र प्राविका तहगत उत्कृष्ट हुने विद्यार्थीहरु क्रमशः धर्ती श्रेष्ठलाई रु.२५००।–, सौगात विष्टलाई रु.२०००।, र रक्षा बस्नेतलाई रु.१५००।– नगदसहित प्रशंसापत्रबाट पुरस्कृत गर्नुभएको थियो ।
    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बीएन पौडेलले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । छोटो समयमै विद्यालयबाट कीर्तिपुरवासीमा राम्रो छाप पार्न सफल भएकोले विद्यार्थीको संख्या बृद्धि भएको वहाँको भनाई थियो ।
    कार्यक्रममा विद्यालयका सल्लाहकार लेखनाथ शर्माले विद्यालयको स्तर र विद्यार्थीलाई एसएलसीको नतिजाले मात्र मापन गर्न नहुने कुरा राख्दै वहाँले आफ्ना नानीहरुलाई अनुशासित र चुस्त राख्न गृहकार्यले मात्र पेल्ने मानसिकतालाई त्यागी अभिभावक स्वयंले पनि महत्वपूर्ण भूमिका निभाउनुपर्ने धारणा व्यक्त
गर्नुभएको थियो ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मर्जिमान सिँहको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक सदस्य खगेन्द्र गौतमले स्वागत मन्तव्य र अभिभावकहरुको तर्फबाट अवतार सुवेदीलगायतले विद्यालयको प्रगतिबारे बोल्नुभएको थियो ।
    कार्यक्रममा विद्यार्थी भाइबहिनीहरुबाट स्वागत गीत, स्वागत नृत्यबाट सबैलाई स्वागत गर्दै विभिन्न सांस्कृतिक  प्रस्तुत गरिएको थियो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete