वर्ष ९, अंक ४६ (२०६९ फागुन १८ गते शुक्रबार प्रकाशित)
एसएलसीमा विद्युत भार कटौती नगर्न आग्रह
काठमाडौं । आउँदो एसएलसी (प्रवेशिका) परीक्षाको एक साता अघिदेखि परीक्षा
अवधिसम्म विद्युत भार कटौती नगर्न अभिभावक संघ नेपालले सरकारसमक्ष आग्रह
गरेको छ ।
आगामी चैत १ देखि ११ गतेसम्म एसएलसी परीक्षा सञ्चालन हुँदैछ ।
परीक्षामा करिब साढे पाँच लाख विद्यार्थी सहभागी हुँदैछन् । संघका अध्यक्ष
सुप्रभात भण्डारीले नेपाल विद्युत प्राधिकरणले विगत वर्षमा पनि एसएलसी
परीक्षालाई ध्यानमा राखेर परीक्षा सुरू हुनुभन्दा एक साता अघिदेखि परीक्षा
अवधिसम्म विद्युत भार कटौती पूरै हटाएको स्मरण गराउँदै दिउँसोको समयमा नसके
पनि राती विद्युत उपलब्ध गराउन आग्रह गर्नुभयो ।
No comments:
Post a Comment