वर्ष १०, अंक ९ (२०७० जेठ १७ गते शुक्रबार प्रकाशित)
टौदह आनन्दमय, शान्त छ
कीर्तिपुर नपा वडा नं. १५ स्थित टौदह नागराजा र रानीको नागदहको रुपमा प्रसिद्ध धार्मिक स्थल हो ।
नागपञ्चमीको दिनमा मात्र विशेष मेला लाग्ने यो दहमा अहिले ३६५ दिन नै व्यस्त दह भैसकेको छ ।
यहाँ अहिले श्री कर्कोटक नागराजा नागरानी बासस्थान टौदह समाजले टौदहको सम्पदाको संरक्षणमा लागेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ६१ सालमा दर्ता गरी सक्रिय क्रियाशील रहेको छ टौदह समाज ।
आकर्षक गेट र गेटमा कुरिएका नागहरुबाट नै स्वागत गरिएको यो दहमा घुम्न अहिले प्रति व्यक्ति १० रुपैयाँको टिकट काट्नुपर्दछ । ५–६ महिनासम्म टिकटको मूल्य ५ रुपैयाँ थियो ।
सिँढी ओर्लने बित्तिकै टिकट काउन्टरमा टिकट काटी दह टौदह पोखरीको माछा, विभिन्न चराचुरुङ्गीको अवलोकन गर्दै र पानी सरर तरङ्गीले मनमोहक बनाएको छ । अहिले पोखरीको चारैतिर ढुङ्गाको पर्खाल बनाउने कार्य भैरहेको छ भने ठाउँ–ठाउँमा फलामे मेच राखी दृश्यावलोकन गर्न सकिने बनएको छ । साथै प्राकृतिक घाँसको दिलमा बसेर आनन्द लिन सकिन्छ ।
यहाँभित्र अहिले ८ वटा फास्टफुड रेष्टुराँहरु संचालनमा रहेको छ । समयबजी कर्नर रेष्टुराँ, मिड प्वाइन्ट भ्यू, सेकुवा रिसोर्ट, यु एण्ड मि जस्ता रेष्टराँका कारण कोही भोकै फर्कनु पर्दैन ।

समयबजी कर्नर रेष्टुराँका प्रोप्राइटर किरण सिँ शान्त, मनोरम, मनमोहक टौदहको अवलोकन गर्न आउनेहरुलाई राम्रो खाजाको व्यवस्था गर्न पाएकोमा खुसी हुनुहुन्छ ।
वहाँको रेष्टुराँ कटेजको रुपमा टेवुलमा बसी या चकटीमा बसी ग्राहकको रोजाईमा बस्ने व्यवस्था गरेको छ, टौदहको बीचमा रहेकोले मिड प्वाइन्ट भ्यू र सेकुवाको रिसोर्ट त हाइतमा बसेर मज्जाको दृश्यावलोकन गर्न सकिन्छ ।
तर रेष्टुराँ संचालकहरुको एउटा गुनासो पर्यटकहरुसित विभिन्न खाले व्यक्तिहरुले स्थानीय सरकारको सिफारिसपत्र लिई पैसा माग्ने, चुरोट खान पैसा माग्ने गर्नाले अलि नमज्जा रहेको बताउनुभयो । टौदह समाजले त्यस्तो माग्ने प्रवितिलाई बन्द गर्न पाए राम्रो हुने बताउनुहुन्छ ।
यहाँ विदा र शनिबार ३ देखि ५ सयजना सम्मको प्रवेश हुन्छ भने अरु बार ९० देखि सय जना सम्मले घुम्ने गन्तव्य बनेको छ । टिकट काट्ने कर्मचारी बताउँछन् ।
यो दहमा पारिवारिक सबै घुम्न जाँदा अलि अप्ठ्यारो पर्ने स्थिति विद्यमान छन् । प्रायः प्रेमीप्रेमीका या श्रीमान् श्रीमतीको जोडी टाँसेर बसेको दृश्य पनि देखिन्छ ।
टिकट काउन्टरसँगै ठूलो होडिङ्ग बोर्डमा अनैतिक कार्य गरेमा जरिवाना तिर्नुपर्नेछ भन्ने सावधानी अपनाएको त छ तर अनुगमन कसले गर्ने, तीन घन्टा बस्दा पनि अनुगमन गरेको पाइएन ।
त्यहाँभित्र निषेधित कार्य गरेमा जरिवाना तिर्नुपर्ने चेतावनी वोर्ड पनि झुन्डाईएको छ । वोर्डमा अँगालो हाली बसेमा रु.१५००।–, चुम्बन गरेमा रु.२०००।–, विद्यार्थी स्कुल ड्रेसमा जोडी आएमा रु.५००।–, मदिरा तथा लागु पदार्थ सेवन गरेमा रु.५०००।– र माछा मार्ने काम गरेमा रु.१५०००।– र पौडी खेलेमा रु.१००००।– जरिवाना लाग्नेछ । टौदह पर्यटकीय क्षेत्रको रुपमा विकास होस् ।
(लेखक पत्रिकाका सम्पादक हुनुहुन्छ ।)

– नारायण महर्जन

No comments:
Post a Comment