Friday, May 31, 2013

वौद्ध सुगम संगीत सम्पन्न

वर्ष १०, अंक ९ (२०७० जेठ १७ गते शुक्रबार प्रकाशित)

वौद्ध सुगम संगीत सम्पन्न

    कीर्तिपुर । विश्वशान्तिका अग्रदूत गौतम वुद्धको २५५७ औं बुद्ध जयन्ती  जेठ ११ गते नेपाल लगायत विश्वमै विभिन्न कार्यक्रम गरी मनाइयो । त्यसै क्रममा काठमाडौका विभिन्न गाउँ नगरमा पनि मनाइएको खवर छ ।
    कीर्तिपुरमा पनि बुद्धजयन्तीको दिन विहानै  बाकुननी टोलमा सुगम संगीत कार्यक्रम गरियो । संस्थाका सल्लाहकार भिम महर्जनले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको सो कार्यक्रममा विभिन्न कलाकारहरुबाट संगीत र गीत प्रस्तुत गरिएको थियो । सुरुमा स्वागत गान प्रस्तुत गरेको थियो । त्यही दिन सुगम संगीत परिवारको स्थापन गरियो । जसमा अध्यक्ष नुच्छे दर्शन सदस्यहरुमा राजु महर्जन, अमर वहादुर माली, ज्ञानेश्वर निभा, सानु तन्डुकार, कृष्ण महर्जन, ध्रुव महर्जन, अवि शिवाकोटी, विनोद महर्जन , राजेन्द्र महर्जन रहनुभएको छ । व्यवस्थापकमा नवीन महर्जन र सल्लाहकारमा भिम महर्जन र गणेशलाल महर्जन रहनुभएको छ ।

No comments:

Post a Comment