Friday, May 24, 2013

काठमाडौंमा भारतीय कांग्रेसको कार्यालय

वर्ष १०, अंक ८ (२०७० जेठ १० गते शुक्रबार प्रकाशित)

सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप

काठमाडौंमा भारतीय कांग्रेसको कार्यालय

    काठमाडौं । नेपालमा राजनीतिक तहबाट हुने कुनै पनि निर्णयमा भारतीय पक्षको भूमिका प्रमुख हुन्छ भन्ने कुरा राजनीतिक दलका नेताहरूले नै स्वीकारेका छन् । यसको पछिल्लो उदाहरण बनेको छ काँग्रेस आईको नेपालस्थित कार्यालय ।
    नेपालमाथि भारतीय हस्तक्षेपको पुष्टि गर्दै सत्तारूढ दल भारतीय काँग्रेस आईले औपचारिक रूपमा नेपालमा कार्यालय स्थापना गरेर काम गरिरहेको छ । भारतीय विदेश विभागको नेपाल शाखाको नाममा स्थापना भएको कार्यालयको नेतृत्व कृष्णसिंह कप्कोटीले गरिरहेका छन् ।
    काठमाडौंको रविभवनमा एउटा आधुनिक घरमा स्थापना गरिएको कार्यालय परिसरमा भारतीय झण्डा राखिएको छ ।
    केही महिना अगाडि स्थापना भएको कार्यालयले नेपालस्थित भारतीय दूतावासलाई पनि निर्देशन दिने गरेको र त्यसैअनुसार नेपालमा पछिल्लो अवस्थामा भारतीय पक्षको भूमिका रहने गरेको विभिन्न स्रोतको भनाइ
छ ।
    कप्कोटीले विदेश विभागका प्रमुख डा.करण सिंहलाई सिधै रिपोटिङ्ग गर्दछन् । सिंह पछिल्लोपटक गत नोभेम्बरमा नेपाल आएको मौकामा कार्यालयको स्थापना भएको हो । राष्ट्रपति डा. रामवरण यादवलाई निम्ता गर्न भन्दै सिंह नेपाल आएका थिए ।

No comments:

Post a Comment