वर्ष १०, अंक ८ (२०७० जेठ १० गते शुक्रबार प्रकाशित)
जनसेवामा ३५ जनालाई प्राविधिक शिक्षा
कीर्तिपुर, पाँगा । नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा विभागद्वारा प्राविधिक तथा व्यावसायिक शिक्षा अध्यापनको अनुमति प्राप्त जनसेवा उमाविमा ३५ जना विद्यार्थीलाई प्राविधिक शिक्षा दिइने भएको छ ।
गत बैशाख ३१ गते ३५ जना विद्याथीले प्रवेश परीक्षा दिएकोमा जेष्ठ ५ गते नजिजा प्रकाशित गरिएको थियो ।
सार्वजनिक नतिजामा सहभागी सबै जना उत्तीर्ण हुन सफल भएको विद्यालयले जनाएको छ । यो प्राविधिक शिक्षामा बढीमा ४८ जनासम्म अध्यापन गराउन सकिने भएपनि सुरुमा ३५ जनालाई मात्र सहभागी गराएको हो ।
काठमाडौं जिल्लामा नमूना प्रावाधिक शिक्षालयको रुपमा मान्यता प्राप्त जनसेवा शैक्षिक, भौतिक रुपले सक्षम विद्यालय हो । विद्यालयको व्यवस्थापन समिति र विद्यालयका प्राचार्यको कुशल नेतृत्वमा उच्चकोटीको सामुदायिक विद्यालयको रुपमा प्रतिष्ठित जनसेवा उमाविमा +२ मा शिक्षा, मानविकी र व्यवस्थापनको कक्षा संचालनमा रहेको छ भने यसै शैक्षिक वर्षदेखि मानविकी संकायमा स्नातक कक्षा संचालनको लागि आवश्यक प्रक्रिया सुरु गरिसकेका छन् । त्रिविबाट सम्बन्धन प्राप्त हुनासाथ सो संकायमा कक्षा तत्कालै सुरु गर्ने क्षमता जनसेवा उमाविले व्यवस्था गरिसकेको प्राचार्य नन्दकुमारी महर्जनले बताउनुभयो ।

No comments:
Post a Comment