Friday, May 24, 2013

त्रिवि कीर्तिपुरमा टिचिङ्ग अस्पताल बन्ने

वर्ष १०, अंक ८ (२०७० जेठ १० गते शुक्रबार प्रकाशित)

त्रिवि कीर्तिपुरमा टिचिङ्ग अस्पताल बन्ने

     कीर्तिपुर । कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्रको तेस्रो साधारण सभा बैशाख ४ गते शनिबार सम्पन्न
भयो ।
    त्रिविका उपकुलपति प्रा.डा. हिराबहादुर महर्जनको प्रमुख आतिथ्यमा मैनबत्ती बाली उद्घाटन गरिएको सो सभामा वहाँले त्रिवि परिसरमा सुविधा सम्पन्न टिचिङ्ग अस्पताल बन्न लागेको जानकारी दिनुभयो ।
    सामुदायिक स्वास्थ्य केन्द्रद्वारा संचालित जनपोलिक्लिनिक जनताको सेवामा अझ समर्पित हुनुपर्ने बताउनुभयो ।
    कार्यक्रममा केन्द्रका संस्थापक दिलीप महर्जनले सामुदायिक स्वास्थ्य सेवामा चुनौती रहेरपनि सबैको सहयोगले निरन्तर सेवा दिनसकेको बताउनुभयो ।
    वहाँले स्थानीय भन्दा पनि अन्य बाहिरकाले बढी सेवा लिएको बताउनुभयो । केन्द्रका अध्यक्ष हिराबहादुर महर्जनको सभापतित्वमा भएको कार्यक्रममा ई. मदन महर्जनले पनि बोल्नुभएको थियो ।

No comments:

Post a Comment