Friday, May 24, 2013

शिक्षक सेवाः १३ हजारको लागि ४ लाख ८० हजार प्रशिक्षार्थी

वर्ष १०, अंक ८ (२०७० जेठ १० गते शुक्रबार प्रकाशित)

शिक्षक सेवाः १३ हजारको लागि ४ लाख ८० हजार प्रशिक्षार्थी

    शिक्षक सेवा आयोगले हिजो ९ गतेदेखि शिक्षक पदको स्थायी पदपूर्तिको लागि लिखित परीक्षा सुरु गरेको छ ।
    आयोगले कुल १३ हजार ५९ जनाको लागि दरखास्त आह्वान गरेकोमा ४ लाख ८० हजार ७ सय ५८ जनाले परीक्षा दिएको छ ।
    माध्यामिक तहको दुई हजार २ सय ८६ जना, निम्न माध्यामिक तहमा २ हजार ७ सय ९३ जना र प्राथमिक तहमा ७ हजार ९ सय ८० जनाको लागि दरखास्त आह्वान गरिएको थियो ।
    परीक्षामा माध्यमकि तहमा ६१ हजार ६ सय २० जना, निम्न माध्यामिक तहमा १ लाख ३८ हजार १ सय ८४ जना र प्राथमिक तहमा २ लाख ५१ हजार ९ सय ५४ सहभागी  भएका थिए । जेठ ९ गते बिहीबार माध्यामिक तहको परीक्षा सम्पन्न भयो भने आज, १० गते निम्न माध्यामिक तहको र ११ गते प्राथमिक तहको परीक्षा दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने भएको छ ।
    आयोगले परीक्षाका लागि मावि तहका लागि २ सय ५२, निमावि ६ सय ३६, प्रावि ९ सय ५९ केन्द्र निर्धारण गरेको छ ।
    परीक्षालाई मर्यादित बनाउन आयोगले परीक्षा सञ्चालन निर्देशिका २०६९ जारी गरेको छ । जसमा क्षेत्रीय र जिल्ला समन्वय समिति गठन गरिएको छ भने समितिमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान आयोगलगायतका प्रमुख रहने गरिएको छ ।
    शिक्षक सेवा आयोग नियमावलीमा भएको छैटौं संशोधन भएपछि शिक्षकको स्थायी पदपूर्तिका लागि खुल्ला गरिएको प्रतियोगिताको लागि आयोगले दरखास्त आह्वान गरेको थियो । आयोगका प्रमुख सोतीले परीक्षाको परीक्षाफल कार्तिक मसान्तभित्र प्रकाशित गरिने लक्ष्य राखेको जानकारी दिनुभयो ।
दृष्टिविहीन र अपाङतालाई विशेष व्यवस्था
    दृष्टिविहीनका लागि सबैभन्दा सजिलो पेसा शिक्षण बन्ने गरेको छ । धेरै दृष्टिबिहीन शिक्षण पेशामा कार्यरत छन् । शिक्षक सेवा आयोगका अनुसार झण्डै दुई सय दृष्टिविहीनले स्थायी शिक्षकका लागि आवेदन दिएका छन् । यस्ता दृष्टिविहीन र दुवै हात नचल्ने अपाङ्गता भएकाहरूलाई विशेष व्यवस्था गरिएको छ ।
    आयोगका अनुसार अपाङ्गता भएको कारण आफैले लेख्न नसक्ने (दृष्टिविहीन र दुवै हात नचल्ने अपाङ्ग) परीक्षार्थीले सहयोगी लेखक माग गरेमा सम्बन्धित तहका लागि तोकिएको न्यूनतम योग्यताभन्दा कम्तीमा एक तह तलको योग्यता भएको व्यक्तिलाई सहयोगी लेखकको रुपमा परीक्षामा बस्ने अनुमति दिइनेछ । तर माध्यामिक तहका उम्मेदवारका लागि शिक्षा विषय लिएर प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण व्यक्तिलाई सहयोगी लेखकका रुपमा राख्न नसकिने आयोगले जनाएको छ ।
    १७ वर्षपछि खुलेको स्थायी शिक्षकका लागि शिक्षाशास्त्र पास भएका नयाँ जनशक्तिसँगै कार्यरत अस्थायी र करारका शिक्षकले पनि आवेदन दिएका छन् ।

No comments:

Post a Comment