Friday, May 24, 2013

गणतन्त्र र नेपाली जनता

वर्ष १०, अंक ८ (२०७० जेठ १० गते शुक्रबार प्रकाशित)

गणतन्त्र र नेपाली जनता

    जेठ १५ गते गणतन्त्र दिवस । २०६४ जेठ १५ गते राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरेको ६ बर्ष भयो । लोकतन्त्र, गणतन्त्र प्रजातन्त्रको लागि नेपाली जनताले खुन–पसिना बगाइएको थियो । २००७, २०४६, २०६३ साल प्रजातन्त्र प्राप्तिको लागि भएको ऐतिहासिक जनआन्दोलन थियो । सात सालको क्रान्तिले १०८ बर्षे जहाँनिया राणाशासन फालेको थियो, ०४६ सालको आन्दोलनले पंचायती निर्दलीय निरकुंश शासन फाले भने २०६३ सालले प्रतिगमन विरोधी जन आन्दोलनले राजतन्त्र फाले । यसरी जनताको प्रजातन्त्र एक पछि अर्को प्रगतिशीलतर्फ लम्केको थियो ।
    तर ०७ सालदेखि ०६३ सालसम्मको प्रजातन्त्र, सहिदको बलिदान, घाइते योद्धाहरुको र आम संघर्षशील न्यायप्रेमी जनताको लागि परिवर्तन बाँदरका हातमा नरिवल सावित भयो । जो सत्तामा पुगे खोलो तर्यो, लौरो विर्सेझैं नेपाली जनताको हकहित र प्रजातन्त्र नाममात्रको भयो र  सत्तारोहण गरेका दल, दलका नेता र कार्यकर्ताको लागि हालिमुहाली प्रजातन्त्र भयो ।
    पूँजीवादी प्रजातत्रको नाँगो रुप पटक पटक प्रर्दशित भयो । पूँजीवादमा भ्रष्टाचार छाँयासरी हुन्छ । त्यसको प्रमाण सत्तासिन पार्टीहरुले देखाइसकेको छ । जसका कारण शक्तिह्रासपछि जेल जीवन पनि बिताए  भष्ट्राचारीहरुले । पूँजीवादमा कमसेकम देशवासीको लागि चाहिने लोडसेडिङ्ग हटाउन सकेन, फोहोर व्यवस्थापन गर्न सकेन, खानेपानीको सरल ढंगले पिलाउन सकेन । महँगी नियन्त्रण गर्न सकेन, शिक्षा स्वास्थ्य रोजगार त सर्वसाधारणको लागि परको बाटो बनेको छ ।
    देशमा संविधान पाउन सकेको छैन । संविधान बनाउने संविधानसभा नै अवसान गरिसकेको छ । भारतीय विस्तारवाद र  साम्राज्यवादी राष्ट्रको लागि संविधानसभा र गणतन्त्र परेड खेल्ने ठाउँ बनेको छ ।
    गणतन्त्रमा नेपाली जनताले अझै धैर्य गरी बसेका छन् । अव त कथित प्रमुख पार्टीले विदेशी बुद्धि विवेक नल्याई स्वदेशको आफ्नै दाइभाइ दिदीबहिनीको बुद्धि विवेक प्रयोग गर्नु अगाडि बढ्ने आँट गर्नु पर्यो ।
    गणतन्त्रको नाममा नेपालीको आँसु अव बगाउन नदिऔं । गणतन्त्र ल्याउन नेपाली जनताको त्याग, संघर्ष बलिदान अब खोक्रो आश्वासन विरुद्ध लागौं ।

No comments:

Post a Comment