वर्ष १०, अंक ८ (२०७० जेठ १० गते शुक्रबार प्रकाशित)
जनताको लागि परिवर्तन के भयो ?
समय सुहाउँदो आवश्यकताअनुरुपको परिवर्तनको अपेक्षा सबैले गर्छन् । त्यस्तो अपेक्षा प्राणी जगतका सर्वश्रेष्ठ मानव जातिको विशेषता पनि हो । त्यस्तो विशेषतारहित मानिस र पशुमा तात्विक अन्तर रहँदैन । यो तथ्य बुझेरै कुर्सीको लागि कुकुरझगडा गर्ने दल र नेताहरूले पनि परिवर्तन, आमूल परिवर्तन, नयाँ नेपालको थेगो भट्याउने गरेका हुन् ।
राणा शासन, पञ्चायती शासन, बहुदलीय शासन र गणतान्त्रिक शासनसम्म आइपुग्दा यहाँ धेरै परिवर्तन भएको सबैले देखेका छन्, केहीले अनुभव पनि गरेका छन् । ती परिवर्तनको गुदी खोतल्दा भने कहिलेकाहीं प्रश्न उठ्छ –जनताको लागि परिवर्तन के भयो ? कसको लागि भयो ?
देशमा जनसंख्या बढ्यो, अग्ला र ठूला घर–महल बने, बाटाहरू बने, सेवा–सुविधा वृद्धि भयो यसमा विवाद छैन तर शोषण, अन्याय–अत्याचार, पक्षपात, अनियमितता, विकृति–विसङ्गति पनि त त्यत्तिकै बढेका छन् । तव परिवर्तनको अर्थ र मर्मसँग देखिएको परिवर्तनबीच कहाँ कसरी सामञ्जस्य राख्छ ? असल, आदर्श र सभ्य समाजको चाहनालाई देखिएको परिवर्तनले सघाएको छ ? प्रत्येक सचेत नागरिकको जवाफ नकारात्मक नै हुनेछ । आशावादी हुनुपर्छ, सकारात्मक सोच राख्नुपर्छ भन्नेहरूको जवाफ फरक हुनसक्छ । तर दबाब र बाध्यताको आवरणमा आफ्नो सिद्धान्त, नीति, अडान, विवेक, कर्तव्यलाई कसैको चरणमा सगौरव अर्पण गर्नेहरूको हालीमुहाली चलेको अवस्थामा आशावादी र सकारात्मक सोच वस्तुतः नपुंसकताको द्योतकभन्दा अरु केही प्रमाणित हुनसक्दैन । अनियमिततालाई देख्दा देख्दै र भोग्दा भोग्दै आज गर्नैपर्ने कार्यलाई ‘थाँती राखी भविष्यप्रति आशावादी हुनु र विकृति र विसङ्गतिलाई मान्यता दिएर वा सिस्नु रोपेर तुलसी उम्रनेहरूको सकारात्मक सोच कुनै बहादुरी र बुद्धिमत्ता हुनसक्दैन केवल कायरता र मूर्खताको परिचय हुनसक्छ ।
अभागी विदेशी फन्दामा
जन्मले नेपाली बनेका विदेशीका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने अभियानकै सन्दर्भ लिऊँ । त्यो अभियानको अन्तिम र एकमात्र परिणाम नेपालको फिजीकरण हो । यसलाई गणतन्त्र ल्याएको ‘परिवर्तन’ भनिएलान् । वस्तुतः त्यो राष्ट्रघाती काम हो । त्यसलाई आज र अहिल्यै रोक्नुपर्छ, भविष्यले रोक्छ भनी आशावादी र सकारात्मक सोच राख्न मिल्दैन । कुर्सीको लागि कुकुरझगडा गर्ने दल र नेताहरूमाथि ‘दबाब’ छ । त्यसैले तिनीहरू राष्ट्रघात गर्न ‘बाध्य’ छन् । बाँकी के गरिरहेका छन् ? गम्भीर र महत्वपूर्ण प्रश्न उठेको छ ।
विदेशीका सन्तानलाई वंशजको नागरिकता दिने अभियानसँगै विदेशीलाई नागरिकता दिएको र लिएको पक्राउ परेको र भागेको समाचार फाट्टफुट्ट आउन थालेको छ । विदेशीका हुल र भीडलाई नागरिकता वितरण भइरहेको यथार्थमा त्यस्ता २–४ वटा घटना प्रकाशमा आउनु पानीमाथिको ओभानो हुने असफल प्रयास वा रोकथामको देखाउने दाँतमात्र हो । अभियानको नियत र उद्देश्य नै विदेशीलाई नेपाली नागरिकता बाँड्नु हो भने त्यस्तो समाचारको औचित्यसाम नै प्रश्न उठ्छ । त्यस्तो समाचारले वस्तुतः प्रक्रिया पु¥याउन नजानेका वा बोली चालीमा अभागी विदेशी फन्दामा परेको मात्र सावित गर्छ । त्यसैले ती समाचारले विदेशीहरूले नेपाली नागरिकता प्रक्रिया पु¥याई हाकाहाकी लिइरहेको र दिइरहेको अभियानलाई पुष्टि र प्रमाणित गर्छ ।
शत्रु साध्ने ज्यावल
लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्तिको सन्दर्भ पनि चर्चायोग्य छ । सर्वत्र विरोध हुँदाहुँदै पनि अख्तियार प्रमुखमा नियुक्त भएका कार्कीको विरोधको अब औचित्य नभएको, उनीबाट राम्रो काम हुने आशा र अपेक्षा गर्नुपर्ने, भविष्यमा उनीलाई स्याबासी दिइनेजस्ता ‘आशावादी’ र ‘सकारात्मक सोच’ का चर्चा पत्रपत्रिकामा हुन थालेको छ ।
नयाँ जोगीले बाक्लो खरानी घस्ने परम्परालाई निरन्तरता दिंदै कार्कीले भ्रष्टाचारीलाई कुनै हालतमा छाडिन्न, केही हालतमा छाडिन्न, केही दिनमा परिवर्तनको महसुस र अनुभूत गराउने जस्ता डिङ्ग ठूलै स्वरमा हाँकेका छन् । अर्बौं र खर्बौं रकमका अनियमितता, भ्रष्टाचार र अवैध सम्पत्तिका फाइलहरू झिकाउने र अध्ययन थालेको र त्यस्ता काण्डहरूमा अख्तियारको ध्यान तानिएको समाचार पनि बजारमा आएको छ । अकुत सम्पत्ति कमाउनेहरूको प्रतिवेदन सरकारले गोप्य राख्ने निर्णय गरेको यथार्थमा अख्तियारको बम्काइ र डिङ्ग हँकाइ आफैमा विरोधाभास र हास्यास्पद छ । यद्यपि ‘... बाक्लो खरानी’ घसेर कार्कीले सर्वत्र भइरहेको आफ्नो विरोधलाई मत्थर पार्ने मनोवैज्ञानिक प्रतिरोध र प्रतिकार सफल होला कि नहोला ? प्रतिक्षाको विषय हो ।
चर्चा त के पनि छ भने २–४ हजार वा लाखको भ्रष्टाचारको मुद्दाबाट भन्दा २–४ अर्ब र खर्बको मुद्दामा हात हाले, छानबिन गर्ने प्रचार गरे आफ्नो भागमा पनि ठूलै परिमाण पर्ने मनसायले ‘बाक्लो खरानी’ घस्न थालेको हो किनभने काम गर्नेले हल्ला गर्दैन र हल्ला गर्नेले काम गर्दैन अर्थात् गर्जने बादल बर्संदैन भन्ने आह्वान प्रचलित नै छ । यदि यो आह्वानलाई असत्य सावित गर्ने हो भने अख्तियारले सबभन्दा पहिले लडाकूको नाममा गएको रकममा भएको भ्रष्टाचारमा छानबिन थाल्नुपर्छ, नेका, एमाले र ‘मधेसी’ मोर्चासँग सम्बन्धित भ्रष्टाचार काण्डका दोषीहरूलाई नङ्ग््याउनु र कारबाही गर्नुपर्छ । तबमात्र कार्कीको ‘बाक्लो खरानी’ घसाइ स्वाभाविक लाग्नेछ अन्यथा अख्तियार आफ्नै स्वार्थपूर्तिको साधन र कथित ‘ठूला’ चार शासक दलका शत्रु साध्ने ज्यावलमात्र बन्नेछ, वास्तविक संवैधानिक अङ्ग बन्न सक्नेछैन ।
मतदाताको नियति
विदेशीका प्रिय चार शासक दलको उच्चस्तरीय संयन्त्र, अन्तर्राष्ट्रिय समुदायको पहलमा गठन भएको चुनावी सरकार ‘बाध्य’ हुने बुँख्याचा राष्ट्रपति र समावेशीविरोधी निर्दलीय सोचको निर्वाचन आयोग चुनावी वातावरण बनाउन जोडतोडले लागेका छन् । यसक्रममा कथित ठूला चार दल चुनाव अभियानमा लागिसकेको हल्ला पत्रपत्रिकामा आए पनि आम जनतामा त्यस्तो कुनै सङ्केत र उत्साह देखा परेको छैन । दैनिक समस्याबाट आक्रान्त जनतामा चुनावको ‘च’ को पनि प्रभाव देखिएको छैन । तर कुर्सीको लागि कुकुरझगडा गर्ने दलहरू त्यसै किन बुर्कुसी मारेका हुन् बुझ्न सकिएन ।
यी कथित ठूला दलहरूले हरेक चुनावमा आफू सरकारमा गएर परिवर्तनको अनुभूत गराउने फोस्रो आश्वासनको परम्परालाई यसपटक अहिल्यै निरन्तरता दिन थालेका छन् । त्यतिमात्र होइन ‘विदेशी प्रभु’ ले चुनाव गराउन देलान्, नदेलान् निश्चित भएको छैन, चुनावको तिथि नै तोकिएको छैन तर तिनीहरू भने एकले अर्कोलाई अस्तित्वहीन बनाइदिने, पखालिदिने, बगाइदिने, खुइल्याइदिने र आफूले दुईतिहाइ ल्याउने तबमात्र ‘लोकतन्त्र’ सुदृढ हुने, गणतन्त्र संस्थागत हुने निर्विकल्प हुने, .... भनी डिङ हाँक्न थालेका छन् ।
विगतमा नेकाले बहुमत ल्यायो, एमालेले अल्पमतको सरकार बनायो, एमाओवादी सबभन्दा ठूलो पार्टी बन्यो, मिलिजुली सरकार धेरैवटा बने र राप्रपा र राजाको नेतृत्वको सरकारमा पनि भए तर देश, जनता, प्रजातन्त्र र गणतन्त्रको लागि ती शासक दलहरूले के चाहिं ठोस् र प्रभावकारी काम इमानदारीपूर्वक गरे ? भोलि यदि चुनाव भएमा त्यसबाट दुईतिहाइ ल्याएर ठोस् र प्रभावकारी काम गर्ला भन्ने विश्वास गर्ने आधार के ? हिजो गरेन त्यसैले भोलि गर्छ भनी ‘आशावादी’ हुनु र ‘सकारात्मक सोच’ राख्नु नै मतदाताको नियति र कर्तव्य हो भने ‘कुकुरलाई मासु पैंचो दिनु’ र यी असफल एवं अप्रजातान्त्रिक विश्वासघाती र छलछाम गर्ने कथित ठूला दल र नेतालाई मत दिनुमा अन्तर नै के छ र हुन्छ ?

— जोराल
No comments:
Post a Comment