वर्ष १०, अंक ८ (२०७० जेठ १० गते शुक्रबार प्रकाशित)
अवैध विद्यार्थी भर्ना प्रकरण
स्ववियु निर्वाचन अरु धाँधलीपूर्ण हुने
काठमाडौं । पूँजीवादी राजनीतिक दलका विद्यार्थी सङ्गठनहरूका अनैतिक गतिविधिका कारण आगामी जेठ २३ गते हुने स्वतन्त्र विद्यार्थी युनियनका निर्वाचन विगतका निर्वाचनको तुलनामा थप धाँधलीपूर्ण, भ्रष्ट र हिंसात्मक हुने पक्का भएको छ । ‘ठूला’ दाबी गर्ने दुईवटा अखिल क्रान्तिकारी, नेविसंघ, अनेरास्ववियु र मधेसी विद्यार्थी सङ्गठनहरूले निर्वाचन तयारीका नाममा आचारसंहिता उल्लंघनमा प्रतिस्पर्धा गर्न थालेका छन् ।
अन्तिम भर्ना मिति जेठ ३ गते देशभरका क्याम्पसमा ‘फर्जी विद्यार्थी’ भर्ना गर्न ती सङ्गठनहरूले दसौं लाख पैसा खर्च गरेका छन् । राजधानीका रत्नराज्य र त्रिचन्द्रमा जेठ ३ गते मध्यरातसम्म पनि भर्ना प्रक्रिया रोकिएको थिएन । पूँजीवादी विद्यार्थी सङ्गठनहरूको दबाबमा रातभर प्रशासन खोलेर ‘फर्जी विद्यार्थी’ भर्ना गरिएको थियो । त्यस्तै भर्नाकै विषयमा सानोठिमी क्याम्पस, मिनभवन क्याम्पस, केन्द्रीय क्याम्पस, शंकरदेव क्याम्पसलगायतका क्याम्पसमा विद्यार्थी संगठनहरूबीच भनाभनदेखि हात हालाहालसमेत भएको थियो । जुम्लाको जुम्ला बहुमुखी क्याम्पसमा पनि तिनै चार संगठनहरूले लाखौं रुपैयाँ खर्चेर विद्यार्थी भर्ना गरेका थिए ।
विद्यार्थी भर्नामा ‘जनआन्दोलनका घाइते’ अपाङ्गताको परिचयपत्रको व्यापक दुरुपयोग गरिएको छ । त्यस्ता परिचयपत्र भएका विद्यार्थी एक सय रुपैयाँमै भर्ना हुन सकिने भएकोले परिचयपत्र भएको एकैजना विद्यार्थीले पनि धेरै क्याम्पसमा भर्ना गरेका छन् । सानो ठिमी क्याम्पसमा भर्ना भएका नेत्रहीन अपाङ्ग विद्यार्थीहरूले भक्तपुर बहुमुखी क्याम्पस र केन्द्रीय क्याम्पसमा पनि भर्ना गरेका थिए । त्यस्तै जनआन्दोलनका घाइतेको नक्कली परिचयपत्र बनाएर पनि विद्यार्थी भर्ना गरिए । यस्ता गतिविधिमा दुवै अखिल (क्रान्तिकारी), अखिल र नेविसंघका नेताहरू सक्रिय थिए । प्राप्त समाचारअनुसार त्रिवि विद्यार्थी कल्याण महाशाखाले जम्मा ३ सय विद्यार्थीलाई मात्र जनआन्दोलनका घाइतेका परिचय पत्र जारी गरिएकोमा राजधानीको रत्नराज्य क्याम्पसमा मात्र ५ सय विद्यार्थीले त्यही शीर्षकमा भर्ना गरेका छन् ।
चुनाव प्रचार–प्रसारसम्बन्धी जारी आचारसंहिताको पनि व्यापक उल्लङ्घन हुन थालेको छ । निर्वाचन अवधिभरमै सीमित पैसामात्र खर्च गर्न पाउने संहिताविपरीत लाखौं रुपैयाँ विद्यार्थी भर्नामै खर्च गरिएको छ । त्यस्तै प्रचार सामग्री बनाउने अनुशासन उल्लङ्घन गरेर चीन पूँजीवादी विद्यार्थी संगठनहरूले क्याम्पस–क्याम्पसमा ठूल्ठूला फलेक्स, तुल–ब्यानर र भित्तेलेखन गरेका छन् ।
विद्यार्थीहरूको निर्वाचनमा आ–आफ्नो पक्षलाई जिताउन दलका केन्द्रीय नेताहरूदेखि सहरका डनहरू पनि सक्रिय भएका छन् । एमाओवादी समर्थित अखिल (क्रान्तिकारी) ले प्रचारमा ल्याएको पर्चामा स्ववियु निर्वाचन ‘मिनि संविधानसभा’ वा ‘सत्ता’ नभएको उल्लेख भए तापनि व्यवहारमा त्यस संगठनले सत्ताकब्जाकै जस्तो तयारी गरिरहेको पर्यवेक्षकहरू बताउँछन् राजधानीका प्रत्येक क्याम्पसमा निर्वाचन जिताउन एमाओवादीका बाबुराम भट्टराईदेखि वर्षमान पुनसम्म लागिरहेका छन् । एमाओवादीले विद्यार्थी निर्वाचनलाई पार्टीको प्रतिष्ठासँग जोडेर जस्तै बल प्रयोग गरेर पनि चुनाव जित्न खोजिरहेको छ ।
देशभरका क्याम्पस–क्याम्पसमा स्ववियु सुधार नयाँ नेपालमा योग्य नयाँ पुस्ता, शिक्षा प्रणालीमा आमूल परिवर्तन, नेपाली राजनीतिमा वैदेशिक चलखेल, राज्य पुनःसंरचना, आदि सिद्धान्त र विचारको बहस हुनुभन्दा कसले कति नक्कली विद्यार्थी भर्ना गर्नेमा प्रतिस्पर्धा भइरहेको छ । वैचारिक चिन्तन–मननको थलोको रुपमा विकास गर्नुपर्ने स्ववियुलाई पशुबलको भरमा बलमिचाइँ गर्ने विकृत थलो बन्दैछ । त्यसो गर्न ठूला पूँजीवादी दलका नेताहरू स्वयम् सक्रिय देखिएका छन् ।
विद्यार्थी भर्ना नै यति अस्वस्थ प्रतिस्पर्धा भएबाट आगामी दिनहरूमा अझ गलत क्रियाकलाप हुने सहज अनुमान गर्न सकिन्छ । घोषित तालिकाअनुसार जेठ १६ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । सो दिन विगतमा जस्तै संगठन–संगठन बीच र संगठनभित्रै पनि काटमारको स्थिति आउने सम्भावना बढ्दै छ । भविष्यमा राष्ट्रिय राजनीति सम्हाल्ने विद्यार्थीहरूले आजबाटै यस्ता अराजनीतिक गतिविधिमा संलग्न हुने हो भने नेपालले कस्तो नयाँ पुस्ताको आशा गर्ने, यस विषयमा राजनीतिक दलका नेताहरू सजग हुनुपर्ने बेला भएको छ ।
‘देशभक्त, प्रगतिशील एवं क्रान्तिकारी विद्यार्थीको आह्वान ! वैदेशिक हस्तक्षेप र शिक्षामा नवउदारवादीविरुद्ध नेक्राविसंघलाई मतदान !!’ भन्ने मूलनाराका साथ स्ववियु निर्वाचनमा नेपाल क्रान्तिकारी विद्यार्थी संघले देशभरका विभिन्न क्याम्पसहरूमा उम्मेदवारी दिने भएको छ ।
नेक्राविसंघका कार्यकर्ताहरू क्याम्पस–क्याम्पसका विद्यार्थीहरूमाझ नेक्राविसंघको विचार प्रचार गरिरहेका छन् । सो साता राजधानीमा प्रमुख क्याम्पससँगै देशभरका क्याम्पसहरूमा नेक्राविसंघले निर्धारित तालिकाअनुसार दल दर्ता गर्दैछ ।
पूँजीवादी विद्यार्थी संगठनका गलत क्रियाकलाप उदाङ्ग्याउँदै विद्यार्थीहरूलाई राजनीतिक र सैद्धान्तिक रुपमा सचेत बनाउने मञ्चका रुपमा नेक्राविसंघले विगतमा जस्तै योपटक पनि स्ववियु निर्वाचन उपभोग गर्न लागेको हो । नेक्राविसंघले निर्वाचनको लागि जारी घोषणा पत्रमा निर्वाचनलाई समाजवादी प्रचार अभियानकै सिलसिलाको रुपमा उपयोग गर्ने उल्लेख छ ।

No comments:
Post a Comment