वर्ष १०, अंक ८ (२०७० जेठ १० गते शुक्रबार प्रकाशित)
कीर्तिपुरमा माइक्रो इन्जिनियरिङ्ग इन्स्टिट्यूट स्थापना
‘न्यून आय भएकालाई दक्ष सीप सिकाउने प्रतिबद्धता’
कीर्तिपुर क्षेत्रमै पहिलो प्राविधिक शिक्षा दिने निजी संस्था माइक्रो इन्जिनियरिङ्ग इन्स्टिच्यूट प्रा.लि.को त्रिविविका उपकुलपति प्रा.डा. हिराबहादुर महर्जनले कीनपा ९ पाँगामा एक समारोह बीच शनिबार उद्घाटन गर्नुभयो ।
उद्घाटन मन्तव्यको क्रममा वहाँले न्यून आय भएका तल्लो स्तरका जनतालाई लक्षित गरी स्थापना गरेको यस शैक्षिक संस्थाले राम्रो काम गर्न सकोस् भनी कामना व्यक्त गर्नुभयो । कीर्तिपुर कालिगढहरुको उद्गम स्थल भएपनि अहिलेका नयाँ पूस्ताको ध्यान नगएकोमा पुनःउत्थान गर्नु जरुरी छ भन्नुभयो । वहाँले अहिले समाजमा कुरा गर्ने मालिक, काम गर्ने दास भन्ने जुन सोचाई छ त्यो बदल्नुपर्ने भन्नुभयो । विदेशमा काम गर्नेलाई सम्मान गरेको हुन्छ भने कामदार र उच्च पदस्थ कुमकुम जोडिएर सम्बन्ध रहने गरेकोे आफू विदेश जाँदाको अनुभव सुनाउनुभयो ।
कीर्तिपुरमा पोलिटेक्निकल इन्स्टिच्यूटको लागि मेरै संयोजकत्वमा राजनैतिक दल, कीर्तिपुर नपा र बुद्धिजीविसँगै साथ पाउँदा पनि खोल्न नसकेकोमा दुःख व्यक्त गर्दै असफलताको कारण खोजी गरी नयाँ ढंगले स्थापना गर्नतिर सबै लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ इन्जिनियर पद्मलाल महर्जनले ठीक समयमा, ठीक ठाउँमा ठीक विचारको प्रारम्भ यो माइक्रो इन्जिनियरिङ्ग इन्स्टिच्यूटको स्थापना भयो भन्दै शिक्षाको आवश्यकता पूर्ति गर्न खोज मेहनत र दृढ संकल्पको जरुरत छ भन्नुभयो ।

वहाँले ६०/७० देशको भ्रमण गर्नेक्रममा नेपाल जस्तो सुन्दर शान्त विशाल देश अन्त नपाएको भन्दै स्वर्गभूमी नेपालीहरु यही भूमीमा सेवा गर्न सक्ने वातावरण यो संस्थाले गर्न सक्नु पर्दछ ।
कार्यक्रममा कीर्तिपुर नपाका प्रतिनिधि सानुबाबु परियारले कीर्तिपुर नगरपालिका कीर्तिपुरमा प्राविधिक शिक्षाको आवश्यकतालाई पहिले नै महसुस गरेको बताउनुभयो । कीर्तिपुर इन्जिनियरिङ्ग समाजका अध्यक्ष इ.गणेशबहादुर महर्जनले इन्जिनियरिङ्ग समाजको उद्देश्य अनुरुप यो संस्था स्थापना भएकोमा खुसी व्यक्त गर्नुभयो । समाजसेवी राजन केसी, अस्ट्रेलियन नागरिक ई.अहमद नजीम, संस्थाका प्रिन्सिपल अरुण डंगोल, संस्थाका उपाध्यक्ष ई.दुर्कमान महर्जन लगायतले बोल्नुभएको थियो ।
उद्घाटन समारोहमा संस्थाका अध्यक्ष ई.मथुरा डंगोलको सभापतित्वमा भएको थियो । सो इन्स्टिच्यूटमा हाललाई इलेक्ट्रिकल, प्लम्बर र असिस्टेन्ट वेल्डर प्रत्येक संकायमा २५/२५ जनालाई अध्यापन गराइने भएको छ ।
कार्यक्रम पश्चात् अध्यापन कक्ष र कार्यशाला कक्षको अवलोकन गरेको थियो ।

No comments:
Post a Comment