Thursday, June 13, 2013

जनसेवा स्कुल क्याप्टेन दिक्षित

वर्ष १०, अंक ११ (२०७० जेठ ३१ गते शुक्रबार प्रकाशित)

जनसेवा स्कुल क्याप्टेन दिक्षित

    जनसेवा उच्च माविका स्कुल क्याप्टेन छात्रा शुष्मा थापा मगरलाई क्याप्नेटनको जिम्मावारी अनुसार योगदान गर्नुभएकोमा आइतबार एक समारोहबीच सम्मान पत्रबाट दिक्षित गरेको छ ।
    त्यसैगरी बर्ष भरी हाउस व्यवस्थापनमा उत्कृष्ट हुनेमा रेड हाउस प्रथम, एल्लो हाउस द्वितीय, ग्रीन हाउस तृतीय र ब्लु हाउस चौथौं घोषणा गरी हाउस कयाप्टेनहरु क्रमशः टिनोज महर्जन, दीपा जोशी, पल्लभी न्यौपाने र मञ्जु तामाङलाई साथै हाउसवाइज् शिक्षकहरुलाई प्राचार्य नन्दकुमारी महर्जन र सह–प्रधानाध्यापक दुर्गाबहादुर महर्जनले सम्मान गर्नुभएको थियो ।
    कार्यक्रममा चार वटै हाउसलाई थप उत्साह बढाई व्यवस्थित कार्य गराउन अभिमुखीकरण पनि गरेको थियो ।

No comments:

Post a Comment