वर्ष १०, अंक ११ (२०७० जेठ ३१ गते शुक्रबार प्रकाशित)
प्रमुख निर्वाचन आयुक्त भारतमा
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती बिहीबार भारत पुग्नुभएको छ । आयोग दोस्रो संबिधानसभा निर्वाचनको तयारीमा जुटिरहेका बेला बिद्युतीय मतदान प्रणालीका विषयमा जानकारी लिन उहाँ भारत पुग्नुभएको छ ।
निर्वाचन आयोगमा हालै १ सय ३९ वटा दल दर्ता भएका छन् । यति ठूलो संख्यामा रहेका दललाई मतदान गर्न मिल्ने मेसिनको खोजीमा भारत गएको उप्रेतीले बताउनुभयो ।
‘मैले भारतमा ३ वटा दललाई एउटै मेसिनमा समाहित गरेको मेसिन बनेको छ भन्ने सुनेको छु’ उप्रेतीले भन्नुभयो । ‘नेपालमा प्रयोग गर्न उपयुक्त हुन्छ कि हुन्न भन्नेबारे जानकारी लिने छु ।’
यसैबीच निर्वाचन आयोगले आगामी आइतबारदेखि १६ वटा जिल्लामा नमूना संबिधानसभा चुनाव गराउने भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले तराई, पहाड र हिमालका १६ जिल्लामा नमूना मतदान सुरु गर्ने निर्णय गरेको हो ।

No comments:
Post a Comment