वर्ष १०, अंक ११ (२०७० जेठ ३१ गते शुक्रबार प्रकाशित)
वातावरण समाजलाई सामग्री हस्तान्तरण
नेपाल सरकार सहरी विकास तथा भवन निर्माण विभाग वातावरण शाखाबाट समुदायमा आधारित फोहोर मैला व्यवस्थापनको लागि फोहोर संकलन सामग्री हस्तान्तरण कार्यक्रम अन्तर्गत वातावरण संरक्षण समाज पाँगालाई जेठ २९ गते बुधबार सामाग्री हस्तान्तरण पाँगा लाछीमा सम्पन्न भयो ।
कार्यक्रममा समाजका अध्यक्ष शंकर डंगोललाई सामग्रीको लिष्ट कार्यक्रमका प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठ र सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक डा. महेन्द्र सुब्बाले हस्तान्तरण गर्नुभयो ।
त्यस अवसरमा प्रमुख अतिथि रामलाल श्रेष्ठले वातावरण संरक्षण र सफा कीर्तिपुर नगरको नमूना पाँगा ९, १०, ११ र १२ वडाबाट शुभारम्भ भएकोमा खुशी व्यक्त गर्नुभयो । वहाँले नगरपालिकाबाट वातावरण सफा राख्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महानिर्देशक डा. सुब्बाले वातावरण संरक्षणको लागि वातावरण समाजले नमूनाको रुपमा काम गर्ने विश्वास गर्नुभयो ।
समाजका अध्यक्ष शंकर डंगोलको सभापतित्वमा भएको कार्यक्रममा सहरी विकास तथा भवन निर्माणका महसचिव विजय प्रकाश गोर्खाली, समाजका कोषाध्यक्ष मेनुका महर्जन, समाजका सचिव सरव कुमार महर्जन लगायतले वातवरण संरक्षणको आवश्यकताबारे बोल्नुभएको थियो ।

No comments:
Post a Comment