Friday, June 7, 2013

अन्तर्राष्ट्रिय पुरस्कारको प्रतिस्पर्धामा धाडिङ्गको कृषि रेडियो

वर्ष १०, अंक १० (२०७० जेठ २४ गते शुक्रबार प्रकाशित)

अन्तर्राष्ट्रिय पुरस्कारको प्रतिस्पर्धामा धाडिङ्गको कृषि रेडियो

    धादिङ जिल्लाको धार्केबाट प्रसारित नेपालको एकमात्र कृषि रेडियो एक अन्तर्राष्ट्रिय पुरस्कारका लागि मनोनयनमा परेको छ । अस्ट्रेलियाबाट हरेक वर्ष प्रदान गरिने इन्फर्मेसन सोसाइटी इनोभेसन अवार्डमा कृषि रेडियो १०१.५ मेगाहर्ज मनोनयनमा परेको हो ।
    सूचना प्रविधिको क्षेत्रबाट समाजलाई योगदान पुर्याएकालाई उक्त पुरस्कार दिइने गरिन्छ । गत वर्ष सन २०१२ मा उक्त पुरस्कार नेपालकै महावीर पुनले नेतृत्व गरेको वायरलेस इन्टरनेट परियोजनाले पाएको थियो ।
    यस पटक फेरि नेपालको सूचना प्रविधि र त्यसमाथि पनि कृषकको रेडियोले उक्त प्रतियोगितामा सहभागिता जनाउन पाएकोप्रति सामुदायिक रेडियो प्रसारक सघंले गर्व व्यक्त गरेको छ । पुरस्कारको विजेता बन्न भोटिङ्गका आधारमा चयन गरिने कृषि रेडियोले जनाएको छ । भोट २७ जुनसम्म हाल्न सकिने छ । पुरस्कारको राशी ३ हजार अष्ट्रेलियन डलर रहेको छ ।

No comments:

Post a Comment