Friday, June 7, 2013

दोहोरो रजिस्ट्रेसन भर्नेले परीक्षा दिन नपाउने

वर्ष १०, अंक १० (२०७० जेठ २४ गते शुक्रबार प्रकाशित)

दोहोरो रजिस्ट्रेसन भर्नेले परीक्षा दिन नपाउने

    भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ सालदेखिको प्रवेशिका (एसएलसी) परीक्षाका लागि दोहोरो रजिस्ट्रेसन फाराम भरेका परीक्षार्थीले परीक्षा दिन नपाउने व्यवस्था गरेको छ ।
    पहिला दुई वा दुईभन्दा बढी विद्यालयबाट एसएलसी परीक्षाको रजिस्ट्रेसन फाराम भरेका परीक्षार्थीले एक ठाउँको रजिस्ट्रेसन फाराम रद्द गरेमा अर्को ठाउँबाट परीक्षा दिन पाउने व्यवस्था थियो । अब आगामी वर्षदेखि दुई वा दुईभन्दा बढी विद्यालय वा स्थानबाट रजिस्ट्रेसन फाराम भरेका विद्यार्थीले परीक्षा दिनै नपाउने व्यवस्था गरेको कार्यालयले जानकारी दिएको छ ।
    परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन कार्यालयले आगामी वर्षदेखि दोहोरो रजिस्ट्रेसन फाराम भरेका परीक्षार्थीले परीक्षा नै दिन नपाउने व्यवस्था गरेको कार्यालयले जानकारी दिनुभयो ।
    यसका लागि कार्यालयले सबै जिल्ला शिक्षा कार्यालयमार्फत विद्यालयहरुमा सूचना प्रवाह गरिसकेको जानकारी दिनुभयो । कार्यालयले यही जेठ ११ गतेदेखि असार ११ गतेसम्मको एक महिनाको अवधि राखेर २०७१ सालको एसएलसी परीक्षार्थीको रजिस्ट्रेसन फाराम भर्न आह्वान गरेकाले अब फाराम भर्ने विद्यार्थीले आफूले अध्ययन गरेको विद्यालयबाट मात्रै रजिस्ट्रेसन फाराम भर्न कार्यालयले निर्देशन दिएको छ ।
    यदि विद्यार्थीले अर्को विद्यालयबाट एसएलसी दिन चाहेमा कक्षा ९ मा नै आफूले परीक्षा दिन चाहेको विद्यालयबाट रजिस्ट्रेसन फाराम भर्नुपर्नेछ ।

No comments:

Post a Comment