वर्ष १०, अंक १० (२०७० जेठ २४ गते शुक्रबार प्रकाशित)
‘विश्व बेरोजगार ३१ करोड ’
— अन्तर्राष्ट्रिय श्रम संगठन
जेनेभा, २१ जेठ । अन्तर्राष्ट्रिय श्रम संगठनले मंगलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वको रोजगारी अवस्था संकटअघिको स्तरमा पुगेको छैन ।
विश्वका विभिन्न क्षेत्रको रोजगारी अवस्था भिन्न छ, धेरैजसो विकासोन्मोख र नव उदयमान आर्थिक समूहको रोजगार दर वृद्धि भएको छ तर विकसित आर्थिक समूह विशेष गरी युरो क्षेत्रसमक्ष गम्भीर बेरोजगार अवस्था देखिएको छ ।
अन्तर्राष्ट्रिय श्रम संगठनले सार्वजनिक गरेको ‘सन् २०१३ विश्व श्रम प्रतिवेदनः आर्थिक पुनअरुत्थान र समाज बनौट’ शीर्षक प्रतिवेदनका अनुसार, सन् २०१२ को चौंथो त्रैमासिकमा विश्वको रोजगार दर ५५ दसमलव ७ प्रतिशत पुगेको थियो भने हाल अरु तीन करोडभन्दा बढीले रोजगार पाएपछिमात्र संकटअघिको स्तरमा पुग्न सकिन्छ ।

सन् २०१५ अघि विश्वको बेरोजगार संख्या हालको बीस करोडबाट बीस करोड असी लाखसम्म बढ्ने कुरा पनि उक्त प्रतिवेदनले अनुमान गरेको छ ।
विकासोन्मुख मुलुक र नव उदयमान आर्थिक समूहको रोजगारी अवस्था विश्वको औसत स्तरभन्दा राम्रो भएको र विकसित आर्थिक अवस्था गम्भीर भएको कुरा पनि उक्त प्रतिवेदनले जनाएको छ ।

No comments:
Post a Comment