वर्ष १०, अंक १० (२०७० जेठ २४ गते शुक्रबार प्रकाशित)
सावधान ! तपाईंका छोराछोरी बिग्रेला है ।
कीर्तिपुरको हरेक बजार गल्ली–गल्ली तथा डाँडा–डाँडामा जाँड–रक्सीको रेष्टुरेण्ट तथा भट्टी पसल तीव्र रुपले बढ्दै गइरहेको छ । यहाँ स्थानीय भन्दा बढी काठमाडौंबाट आउने ग्राहक धेरै देखिन्छ । त्यसमा पनि बुढापाका भन्दा कलेज पढ्ने युवायुवती आफ्ना कलेज ड्रेसमै आएको देखिन्छ । यी युवायुवतीहरु रेष्टुरेण्टबाट तन्न जाँड–रक्सी सेवन गरी बाटोमा हिँड्दा–हिँड्दै फिल्ममा देखाइने जस्तै एक आपसमा टङ्ग किसको शो देखाउँदै हिँड्छन् । साथै, यहाँका कतिपय स्थानीय व्यक्तिले बेलुकाको सुनसान हुने ठाउँमा रेष्टुरेण्टबाट फर्केका युवायुवती यौन प्यासको मज्जा लिइरहेको देखिएका पनि छन् ।
युवायवतीले सबैभन्दा बढी शिक्षा खराब तत्वतर्फ पाएकाले राम्रा तत्वतर्फ ध्यान गएको हुँदैन । त्यसैले जाँड–रक्सीको सेवनलाई पहिले–पहिले स्वतन्त्र छोडिएर अत्याधिक प्रतिष्ठाको माध्यम बनाई इज्जत दिएकोले आजभोलिका युवा–युवतीलाई लाज लाग्न छोडिसकेका छन् । भनिन्छ– “हग्नेलाई भन्दा देख्नेलाई लाज” कीर्तिपुरमा यस्तै वातावरणको सिर्जना भएको छ । त्यसैले यस्तो खराब बानी जाँड–रक्सी सेवनले जन्माएको रोग उमेर नपुग्दै विवाह गर्ने साथै एड्स किन नबढोस् ?
जसरी आज पापले दन्तहिन युवाको संख्या बढेको छ, त्यसको चौब्बर जाँड–रक्सी तथा ड्रग्सले पिरोलेको छ । जति भाँडो त्यति चुपुर्को भन्ने कुरा शतप्रतिशत शुद्ध र सत्य रहेछ । नेपालको रेडियो, टेलिभिजन, होर्डिङ्ग बोर्ड तथा पत्रपत्रिकामा चुरोट रक्सीको विज्ञापन झिकेपछि वा बन्द गरेपछि अब मानिसले चुरोट, रक्सी सेवन गर्दैन भन्न थियो तर विज्ञापन बन्द गर्दा झन् प्रभावकारी ढंगले रेष्टुरेण्ट तथा भट्टी पसल भ्याई–नभ्याई माला–माल संचालन भइरहेका छन् ।
अघिपछि भन्दा शनिबार यस ऐतिहासिक सहर कीर्तिपुरमा लाय्कू तथा समल ढोका जाने बाटोमा यहाँका स्थानीय मानिसहरु आँखामा कालो चश्मा लगाई दाहिने हातमा एउटा लौरो लिएर आँखा नदेखेको जस्तै हिँड्नुपर्ने अवस्था आएको छ । स्वच्छ र स्वस्थ्य जनशक्ति र वातावरण भएमात्र प्रगति र अनुशासित सजिलै स्थापना हुन्छ । शान्ति र अनुशासितबाट जति मानिसमा आनन्द र स्वच्छता आएर ज्ञानको भण्डार खुल्दछ त्यति अनावश्यक क्रान्ति तथा शरीरले थाम्नै नसकिने गरी जाँड–रक्सी सेवन गर्ने व्यक्तिको बुद्धिमा प्रगति हुँदैन । त्यसैले जाँड–रक्सीबाट आय हुन्छ, प्रगति हुन्छ र रोग निरोध हुन्छ भनी सेवन गर्नु, पानी पिएपछि पिसाब रोकिन्छ र मुटुमा बाक्लो रगत बहन थाल्दछ भन्नु बराबर नै हुन्छ ।
जाँड–रक्सीको फाइदा जनक क्षेत्र कुनै पनि छैन । यो त केवल एकले अर्काको सम्पति भ्रष्टाचारको रुपले लिएर धनी बने जस्तो मात्र हो । दिने धनी हुन्छ भने खाने कँगाल ! जाँड–रक्सी सेवन गर्ने मान्छेको स्वास्थ्यमा के राम्रा प्रगति भएका छन् ? दिने र खाने मान्छेले आफूले आफैलाई एकपटक प्रश्न गर्नुस् ? अनि कसरी देश बन्दछ । उद्योग र संचारले सबैलाई रोजगारी दिन्छ र सबैको मुहार रसिलो हँसिलो र पोसिलो बनाउँदछ भने जाँड–रक्सीको सेवन, उत्पादन, प्रशोधन र ओसार–प्रसारले कहिल्यै पनि त्यस्तो प्रतिफल दिन सक्दैन र भएको रक्त संचार पनि रोकिदिन्छ र दिमागको गिद्धिलाई पूर्णतया सुकाई दिन्छ । दिमागको गिद्धिलाई जति रसिलो र चिप्लो भयो त्यतिकै प्रफुल्लताका साथ मानिस सक्रिय र सक्षम हुने हो । जाँड–रक्सीले दिमाग त पूर्ण रुपले नै सुकाएर विचार शुन्य गराई दिन्छ ।
जाँड–रक्सीको उत्पादनबाट देशको लागि ठोस् कुनैपनि काम भएको हुँदैन । यस्ता उद्योग तथा रेष्टेरेण्टहरुमा जति पनि मानिसले रोजगारी पाएका छन् तिनीहरुको स्वास्थ्यमा ठूलो असर परेको हुन्छन् । जाँड–रक्सी मात्र होइन कुनैपनि लागुपदार्थले मानव जगतलाई कल्याण गरेको पाएको छैन । यस्तो अम्मली र जाँड–रक्सी सेवनकर्ताको घरमा अब निदाएपछि ढुक्कसँग चोरी गर्छु भनेर चोरले मात्र चोर्न सक्दैन र ! फाइदा भन्ने यति मात्र हो । रातभरी कुकुर भुकेझैं भुकिरहनु नै जाँड–रक्सी सेवनकर्ताको भूमिका हो । अरु भूमिका केही राम्रो होइन ।
मनले अठोट नगरी जाँड–रक्सीको रोकथाम कहिले कसैले पनि गर्न सक्दैन । जाँड–रक्सी सेवनकर्तालाई कहिल्यै पनि झल्के घामले पनि देख्दैन र सेवनकर्ताले उज्यालो प्रष्टसँग कहिल्यै पनि देखेको हुँदैन । जाँड–रक्सी तथा अन्य लागुपदार्थको मात्रा भन्ने हुँदैन । यसलाई थोरै सेवन गरेपनि स्वास्थ्यमा हानी बढी सेवन गरे झन् बढी हानी पुर्याउँछ । यस्ता जुनसुकै लागु पदार्थले शुद्ध मुटु र शुद्ध फोक्सोलाई खरानीको स्थितिमा पुर्याई रातो रगतलाई लेदो पानीमा परिणत गरेर पंचतत्वलाई विकृति अवस्थामा पुर्याई नाजुक तथा अन्तिम अवस्थामा पुर्याउँछ । त्यसै अन्तको प्रकृति बिगारेपनि आफ्नै शरीरको प्रकृति समेत तहस नहस पारेर बर्बाद पार्ने खराब बानी त्यागौं ।
माथि उल्लेखित कुराहरु काठमाडौंको धेरै टाढाबाट आउने कीर्तिपुरका विभिन्न रेष्टुरेण्टका ग्राहकलाई पनि यहाँका सर्वसाधारणले स्वागत गर्नु हाम्रो स्वस्थ अनुशासन हो । तर ती ग्राहक रेष्टुरेण्टबाट फर्केपछि बाटोमा देखाइने कामुकता कीर्तिपुरकै बेइज्जत हो । कुनै दिन हाम्रो कीर्तिपुरकै किशोर–किशोरीहरुले यिनकै नक्कल गर्न कुनै समय लाग्दैन । यसकारण यस्ता कामुकता व्यवहार–देखाउने जोकोहिलाई पनि जरिवाना तिराउने साथै कारवाही गर्ने नियम बनाउनु आवश्यक देखिन्छ ।

(यो मेरो व्यक्तिगत विचार मात्र हो । यदि मेरो ठीक छ भने कीर्तिपुरका विभिन्न सामाजिक संघ/संस्था तथा कीर्तिपुरका स्थानीय सरकारलाई ध्यान आकर्षित गर्न, गराउन चाहन्छु ।)
- प्रो. राजेन्द्र अमात्य
फिट्नेस प्वाइन्ट ट्रेडिङ्ग
फिट्नेस प्वाइन्ट ट्रेडिङ्ग
No comments:
Post a Comment