वर्ष १०, अंक ९ (२०७० जेठ १७ गते शुक्रबार प्रकाशित)
कीर्तिपुर यातायातको थप बस संचालन
कीर्तिपुर । कीर्तिपुर यातायात सेवा कं. लि.ले गणतन्त्र दिवसको अवसर पारेर थप १० वटा बस संचालनमा ल्याएको छ । थप बसको उद्घाटन बुधबार नेपाल सरकारका सचिव एवं क्षेत्रीय प्रशासक उद्धव बास्कोटाले रिवन काटी र नरिवल फुटाई गर्नुभयो ।
त्यसै गरी राजनैतिक दल र अन्य अतिथिबाट पनि नरिवल फुटाई उद्घाटन गरिएको थियो । त्यसक्रममा प्रमुख अतिथि वास्कोटाले कीर्तिपुर यातायात सेवाले यात्रुको सेवाका लागि थप बसले धेरै सुविधा पुग्ने बताउनुभयो । कीर्तिपुर यातायातले अर्को क्षेत्रको रुटमा पनि बिस्तार गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेमकिपाका हरिकुमार महर्जन, एमोलका सुरेन्द्र मानन्धर, कीर्तिपुर यातायात सेवा कं लि.का सल्लाहकार प्रा.डा. शिवशरण महर्जन, कम्पनीका उपाध्यक्ष सिद्धिकुमार मानन्धर लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम कम्पनीका अध्यक्ष संघरत्न मानन्धरको सभापतित्वमा भएको थियो भने संचालन सचिव मिलनमान महर्जनले गर्नुभएको थियो ।
कार्यक्रम कम्पनीका अध्यक्ष संघरत्न मानन्धरको सभापतित्वमा भएको थियो भने संचालन सचिव मिलनमान महर्जनले गर्नुभएको थियो ।
नयाँ बसहरु समेत गरी हाल कीर्तिपुर यातायातका २५ वटा बसहरु संचालनमा छन् ।

No comments:
Post a Comment