Friday, May 31, 2013

पत्रकारिता पुरस्कार तथा सम्मान सम्पन्न

वर्ष १०, अंक ९ (२०७० जेठ १७ गते शुक्रबार प्रकाशित)

पत्रकारिता पुरस्कार तथा सम्मान सम्पन्न

रेडियो मुक्ति र रेडियो दिदीबहिनी राष्ट्रिय पत्रकारिता पुरस्कारवाट सम्मानित

    काठमाडौं । नेपाल सरकार सूचना तथा संचार मन्त्रालयबाट मंगलबार एक समारोहबीच राष्ट्रिय पत्रकारिता पुरस्कार तथा बरिष्ठ पत्रकार सम्मान मन्त्रालयको सभाकक्षमा  सम्न्न भयो ।
    सूचना तथा संचार मन्त्री माधव पौडलको प्रमुख आतिथ्यिमा भएको पुरस्कार वितरण समारोहमा पत्रकारिताको विद्युतीय माध्यमबाट समाजमा सकारात्मक सन्देश फैलाउने मोफसलका महिलाद्वारा संचालित महिला समानताका लागि संचार अभियान–रेडियोमुक्ति ९५.५ मेगाहर्ज बुटबलका स्टेसन म्यानेजर खेम कुमारी पोखरेललाई र नारी उत्थान समाज रेडियो दिदी बहिनी ९५.२ मेगाहर्ज पर्वतकी संचालिकी कल्पना चौलागाइलाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रमाणपत्र सहित नग द रु. २ लाख प्रदान गरियो । त्यसैगरी पत्रकारिता क्षेत्रमा लामो समयसम्म क्रियाशील भई देश र जनताको पक्षमा महत्वपूर्ण योगदान दिनुहुने पत्रकारहरु गोपाल बुढाथोकी (ओखलढुंगा), देवप्रकाश त्रिपाठी (धाडिङ्ग) र नुनिन्द्र दुलाल (नरेन्द ्रजंग पिटर) बाँकेलाई बरिष्ठ पत्रकार सम्मान पत्र र नगद रु २ लाख रुपैयाँ प्रदान गरियो ।
    त्यसक्रममा मन्त्री पौडलेले पत्रकारिता क्षेत्रमा लागेर देश र जनताको सेवा गर्नु भएकोमा पुरस्कृत पत्रकारहरुलाई धन्यवाद र बधाई ज्ञापन गर्दै देश र जनताको सेवा निरन्तारताको कामना गर्नुभयो ।
    कार्यक्रममा राष्ट्रिय पत्रकारिता पुरस्कारको प्रक्रिया र पुरस्कृत हुने संख्याको परिचय पत्र पत्रकारले प्रष्ट पार्नुभयो  भने बरिष्ठ पत्रकार सम्मानको पुरस्कृत पत्रकारको परिचय मनोहर सिंहले प्रष्ट पार्नुभएको थियो ।
    कार्यक्रमा पुरसकृत हुने पाँचै जनालाई आ–आफ्नो कार्यक्षेत्र र कार्यको अनुभव बताउनुभएको थियो ।
    कार्यक्रम वरिष्ठ पत्रकार कुण्दन दिक्षित र सूचना तथा संचार मन्त्रलयका सहसचिव सुशील ओझाले पनि बोल्नुभएको थियो ।

No comments:

Post a Comment