Thursday, June 13, 2013

लेवोरेटरीका विवेक राष्ट्रिय चेसमा तृतीय

वर्ष १०, अंक ११ (२०७० जेठ ३१ गते शुक्रबार प्रकाशित)

लेवोरेटरीका विवेक राष्ट्रिय चेसमा तृतीय

यू–१४ मा तेस्रा हुन सफल विवेश श्रेष्ठ र यू–१४ मा आठौं भएका प्रदीप थापा
   अन्नपूर्ण उच्च मावि, ज्याठाद्वारा आयोजित नवौं अन्नपूर्ण अन्तर स्कुल बुद्धिचाल प्रतियोगिताको छात्र यू–१२ तर्फ त्रियोग हाइस्कुल, धापासीका शाश्वत पण्डित साढे ५ अंकका साथ प्रथम भए भने सरस्वती बोर्डिङ्ग स्कुलका सुगम महर्जन दोस्रो र अन्नपूर्णका मिलन लामा तेस्रो भए । त्यस्तै छात्र यू–१४ मा समान ५ अंक भएपनि टाइबे्रकरमा ग्रीनल्याण्ड स्कुल, धापासीका सुशान्त गौतम प्रथम, दीपज्योति स्कुल गोंगबुका विकास थोकर दोस्रो र लेवोरेटरी स्कुल, कीर्तिपुरका विवेक श्रेष्ठ तेस्रा भएका थिए ।
    तीनदिने प्रतियोगितामा छात्र यू–१६ समूहमा अन्नपूर्णका विकेश जैसवाल र ख्वप्रिङ्ग एकेडेमी भक्तपुरका राज प्रजापति समान साढे पाँच अंकका साथ संयुक्त प्रथम भए भने ५ अंकका साथ स्वर्णिम स्कुल डल्लुका रोशन श्रेष्ठ तेस्रा भए ।
    विभिन्न ३२ स्कुलका २२६ जना खेलाडीहरु सहभागी रहेको प्रतियोगितामा आयोजक अन्नपूर्ण स्कुल साढे ३२ अंकका साथ उत्कृष्ट स्कुल हुन सफल रह्यो ।
    विजयी तथा सहभागीहरुलाई आयोजक स्कुलका प्राचार्य चन्द्रप्रकाश राजभण्डारीको सभापतित्वमा एक कार्यक्रमबीच नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि जोशीले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए ।
    त्यसैगरी वातावरण दिवसको उपलक्ष्यमा आयोजित चित्रकला प्रतियोगितामा लेवोरेटरीका देवु तामाङ्ग जुनियरतर्फ प्रथम भएका थिए ।

No comments:

Post a Comment