Thursday, June 13, 2013

पाँगाको वक्तृत्वकलामा एभरेष्टकी कृषा र हिलटाउनकी लुजला प्रथम

वर्ष १०, अंक ११ (२०७० जेठ ३१ गते शुक्रबार प्रकाशित)

पाँगाको वक्तृत्वकलामा एभरेष्टकी कृषा र हिलटाउनकी लुजला प्रथम

    पाँगा माध्यामिक विद्यालयको आयोजनामा भएको “नेपालको सन्दर्भमा वैदेशिक रोजगारी र यसको प्रभाव” "Foreign Employment & Its Effects in the Context of Nepal" विषयक वक्तृत्वकला प्रतियोगिता जेठ २६ गते आइतबार रसम्पन्न भयो ।
    नेपाली र अंग्रेजी भाषाको माध्यमबाट एक जना छात्र र एक जना छात्रा गरी २२ वटा विद्यालयका ४४ जनाबीच भएको प्रतियोगितामा नेपाली भाषा माध्यममा एभरेष्ट इङ्गलिस स्कुल भक्तपुरकी छात्रा कृषा सुवाल प्रथम भइन् भने अंग्रेजी माध्यममा हिलटाउन उच्च माविकी छात्रा लुजला महर्जन प्रथम भएकी छिन् ।
    त्यसैगरी नेपालीमा पाँगा माविकी मनिषा कार्की द्वितीय र महामञ्जुश्री उमाविकी लुना खड्का तृतीय भएका थिए भने अंग्रेजी माध्यममा एभरेष्ट स्कुल भक्तपुरकी रक्षा अरुण कँडेल द्वितीय र ग्लोरिया एकेडेमी काठमाडौंकी छात्रा दुर्गा देवी गौतम तृतीय भएका थिए ।
    प्रतियोगितामा विजयी भएका छात्र÷छात्रालाई प्रमुख अतिथि कीनपाका प्रमुख रामलाल श्रेष्ठ र व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. नन्दबहादुर महर्जने ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।
    व्यवस्थापन समितिका अध्यक्ष नन्दबहादुर महर्जनको सभापतित्वमा भएको कार्यक्रममा प्रधानाध्यापक रमेशमान महर्जनले पनि बोल्नुभएको थियो ।

No comments:

Post a Comment