वर्ष १०, अंक ११ (२०७० जेठ ३१ गते शुक्रबार प्रकाशित)
स्काईलार्क म्यूजिक जोनमा आगलागी
कीर्तिपुर । स्काईलार्क म्युजिक जोन कीर्तिपुर पाँगा टाउनप्लानिङमा सोमबार दिउँसो ११ बजेतिर आगलागी भई सम्पूर्ण म्युजिकल सामाग्रीहरु नष्ट भएका छन् । कीर्तिपुर नपा वडा नं. १८ बासुदेव डंगोलको घरको भूइ तल्लामा रहेको सो इन्ष्टिच्यूट घरपतिका छोरा सन्देश डंगोलद्वारा १२ वर्षदेखि संचालनमा आएको प्रतिष्ठित संस्था हो ।
लोडसेडिङ्गको समयमा अचानक भएको आगलागीले १० लाख बराबरको क्षति भएको कीर्तिपुर प्रहरी प्रभागले सहिदलाई बताएको छ । आगालागीबाट दुवई लगायत विदेशबाट ल्याएका महँगा गितार, ड्रमसेट, स्पीकर सामान नष्ट भएको छ । आगलागीको समयमा भेन्टिलेसनको झ्याल खुला रहेकोले कसैले आगो लगाएको हुनुपर्ने शंका परिवारले जनाएको छ ।

No comments:
Post a Comment