Thursday, June 13, 2013

बज्रयान महाविहारको लागि दान संकलन

वर्ष १०, अंक ११ (२०७० जेठ ३१ गते शुक्रबार प्रकाशित)

बज्रयान महाविहारको लागि दान संकलन

     लुम्बिनीमा निर्माणधिन नेपाली बज्रयान महाविहार निर्माणको लागि शनिवार २५ गते कीर्तिपुर नगरपालिका वडा नं ४, सामुदायिक भवनमा नेपाल परम्परागत बौद्ध धर्म संघ र वज्रयान महाविहार निर्माण मूल समितिको आयोजनामा बृहत दान संकलन कार्यक्रम गरियो ।
    प्रा.डा. नरेशमान बज्राचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा कीर्तिपुरबाट १८ लाख, ४५ हजार नगद संकलन गरिएको थियो । ललितपुर, भक्तपुर, बनेपा पछि चौंथो पटक संकलन गरिएको उक्त कार्यक्रमको संचालन पुष्परत्न बज्राचार्यले गर्नुभएको थियो भने स्वागत भाषण संघरत्न बज्राचार्य, धन्यवाद ज्ञापन बज्रमुनि बज्राचार्यले गर्नु भएको थियो  ।
    लुम्बिनीमा निर्माणाधीन महाविहारको आर्थिक विवरण कोषाध्यक्ष पंचवीर साहुले प्रस्तुत गर्नु भएको थियो भने कीर्तिपुरको अवस्था बारे परम्परागत कीपू शाखाका अध्यक्ष डा. कवीन्द्र बज्राचार्यले बताउनु भएको थियो र दान संकलित रकमको जानकारी कीरण कुमार बज्राचार्यले पढेर सुनाउनु भएको थियो । उक्त कार्यक्रममा सल्लाहकारहरु पूर्व मेयर तथा आजु बुद्धिराज बज्राचार्य, पूर्व महान्यायधिवक्ता सर्वज्ञरत्न तुलाधर, प्रा. डा. बज्रराज बज्राचार्य र जगतपाल महाविहारका थपाजु धर्मराज बज्राचार्यको पनि उपस्थिति थियो ।

No comments:

Post a Comment