Saturday, July 27, 2013

नेताहरुको मति भ्रष्ट भएपछि

वर्ष १०, अंक १७ (२०७० साउन ११ गते शुक्रबार प्रकाशित)

नेताहरुको मति भ्रष्ट भएपछि

    नेपालका राजनेताहरुको मति भ्रष्टले देश कङ्गाल र औपनिवेशिक बन्दैछ । शत्रु को हो र मित्रु को हो भन्नेबारे आफूलाई ठूलो भन्ने पार्टीमा नै अन्यौल अहिलेपनि कायमै रहेको छ ।
    पूँजीवादी पार्टीहरु सामन्ती र पूँजीपति कै सेवक र पक्षका हुन्छन् भने कम्यूनिष्ट सर्वहारा पार्टीहरु गरिव जनताका सेवक र पक्षका हुन्छन् ।
    कम्यूनिष्टका सिद्धान्त बहुमत कामदार जनताको हितमा थोरै रहेको पूँजीपति माथि शासन गर्ने हो । तर नेपाल राष्ट्रमा सत्तामा पुगेका कम्यूनिष्टहरु थोरै पूँजीपतिको हितमा बहुसंख्यक कामदार जनतामाथि शासन गरिरहेका छन् । त्यति मात्र होइन सामन्तका नाइके राजाहरुको बारेपनि बोली फेरी रहेका छन् ।
    नेका, राप्रपाको त के कुरा एमाले त राज्याभिषेकमा राजाको पाहुमा पैसा चढाई सक्कली कम्यूनिष्ट उदाङ्गो पारिसकेका छन् भने एमाओवादी, माओवादीका नेताहरु घरी राजतन्त्र र राजासँगै जान सकिने कहिले दुश्मन ठानी अभिव्यक्त गरेको सुन्दा राजनीतिज्ञहरु जिल्ल परेका छन् ।
    एमाओवादीका प्रचण्ड, महरादेखि माओवादीका कीरण वैद्यसम्मको बोलीको ठेगान नभएपछि नेपालको राजनीतिज्ञ नै अलमलमा छन् भने सर्वसाधारण त के हो के हो भन्न थालेका छन् ।
    राज नेताहरुको मति बिग्रेपछि देश गुम्ने खतरा रहन्छ जसरी गाडि, जहाज दुर्घटना हुँदा खतरा हुने जस्तै ।
    अब त नेपाली जनताले सचेत र सर्तक हुनु जरुरी भैसक्यो । घरीघरी बोली फेर्नेहरुदेखि ।

No comments:

Post a Comment