Saturday, July 27, 2013

समाजवाद र साम्यवाद अधुरोमै नरवहादुर कर्माचार्य विते

वर्ष १०, अंक १७ (२०७० साउन ११ गते शुक्रबार प्रकाशित)

समाजवाद र साम्यवाद अधुरोमै नरवहादुर कर्माचार्य विते

    नेपाल कम्यूनिष्ट पार्टीका एक मात्र जीवित संस्थापक का. नरबहादुर कर्माचार्यको बिहीबार बिहान ५ बजे मृत्युसँग संघर्ष गर्दा गर्दै काठमाडौं मोडल अस्पतालमा निधन भयो ।
    कलेजोको क्यान्सरबाट पीडित उहाँ केही दिनदेखि उपचारर्थ सो अस्पतालमा भर्ना हुनभएको थियो । नेता कर्माचार्य एनेकपा माओवादीका संरक्षक हुनुहुन्थ्यो । वि सं. १९८१ मा पाटनको कुम्भेश्वरमा बुबा चन्द्र बहादुर कर्माचार्य र आमा श्रीकुमारी कर्माचार्यका पुत्रका रुपमा जन्मनुभएका कर्माचार्यले स्थानीय भैरव गोपाल वैद्यबाट राजनीतिमा लाग्ने प्रेरणा पाउनुभएको थियो ।
    वि सं. १९९७ देखि सक्रिय राजनीतिमा लाग्नुभएका कर्माचार्यले २००४ साल वैशाख १० गते नागरिक आन्दोलनमा भूमिका निर्वाह गर्नुृभएको थियो । भारतमा अंग्रेजहरुको शासन र नेपालमा निरङ्कुश राणा शासनको थिचोमिचोका विरुद्ध संगठितरुपमा लाग्न फरक राजनीतिक शक्ति स्थापना गर्नुपर्छ भन्दै उहाँ कम्युनिष्ट पार्टी स्थापनाको अभियानमा जुट्नुभएको थियो । विसं. २००६ बैशाख १० गते कलाकत्ताको एउटा पुरानो घरमा पुष्पलाल श्रेष्ठको अगुवाईमा कर्माचार्य सहित निरन्जनगोविन्द वैद्य, नारायणविलास जाृेशी र मोतीदेवी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो ।
    स्थापनाको ६ दशकसम्म पुग्दा १०–१२ चिरामा कम्यूनिष्ट पार्टीहरु विभाजनमा रहेको छ ।
   कम्यूनिष्ट नाम राखेर पूँजीवादी सरकारमा गएर पूँजीवादी शासनमा रुमलिएका पार्टी प्रति संशकित र विरोधी हुनुहुन्छ स्व. कर्माचार्य । चाहना अनुसारको समाजवाद र साम्यवाद ठूलो कम्यूनिष्ट पार्टीहरुले पूँजीवादमा आत्मसमर्पण गरेकोमा विरोधी हुनुहुन्छ उहाँ ।
    पछिल्लो समयमा नेकपा एकता केन्द्र र माओवादी बीच एकता भई एनेकपा माओवादी बनेपछि त्यस पार्टीका केन्द्रीय सल्लाहकारको रुपमा भूमिका निभाउनु भएको थियो स्व. कर्माचार्यले ।
    स्व. कर्माचार्यको अन्त्यले शोकमा शक्ति बदल्ने हो भने सबै कम्यूनिष्ट पार्टीले देशमा समाजवाद र साम्यवादमा पुग्न इमान्दार, नैतिकतावान भएर अगाडि बढ्नु जरुरी छ ।

No comments:

Post a Comment