Saturday, July 27, 2013

उत्कृष्ट नपा बुटवल कीर्तिपर नपा १६ औं स्थानमा

वर्ष १०, अंक १७ (२०७० साउन ११ गते शुक्रबार प्रकाशित)

उत्कृष्ट नपा बुटवल

कीर्तिपर नपा १६ औं स्थानमा

    स्थानीय विकास तथा संघीय मामिला मन्त्रालय वित्तीय ब्यवस्थापन समिति न्यूनतम शर्त तथा कार्य सम्पादन मापन (MCPM) को स्थानीय निकायको नतिजा साउन ८ गते मंगलवार सार्वजनिक गरियो । सार्जजनिक नतिजा अनुसार आ.व. २०६८/०६९ मा रुपन्देही जिल्लाको बुटवल नगरपलिकामा ९१ अंकका साथ प्रथम स्थान प्राप्त गरेका छन् । सो नपाले स्थानीय शासन सूचक ९ पूर्णाङक २२ मा २१, वित्तीय ब्यवस्थापन सूचक ११ पूर्णाङक २८ मा २२, योजना तथा कार्यक्रम ब्यवस्थापक सूचक ७ पूर्णाङ्क १८ मा १७, संगठन तथा जनशक्ति विकास सूचक ६ पूर्णाङ्क १४ मा १३ र शहरी आधारभूत सेवा ब्यवस्थापन सूचक ७ पूर्णाङ्क १८ मा १८ गरी जम्मा ९१ अंक प्राप्तगरेका हुन ।
    कीर्तिपुर नगरपालिकाको क्रम संख्या अनुसार २९ औं स्थानमाको परेको छ  र प्राप्ताङ्क अनुसार ७३ अंक प्राप्त गरी १६ औं स्थानमा परेको छ । कीर्तिपुर नपाले प्राप्तगरेको स्थानीय शासनमा १६, वित्तीय ब्यवस्थापनमा १६, योजना तथा कार्यक्रम ब्यवस्थापनमा १२, संगठन तथा जनशक्ति विकासमा १३ र शहरी आधारभूत ब्यवस्थापनमा १६ अंक प्राप्त गरेको छ । त्यसै गरी काठमाडौं उपत्यकाको भक्तपुर नपा चौथौं, ललितपुर उपनपा १३ औं, मध्यपुर नपा ४१ औं र काठमाडौं महानगरपलिका ५१ औं स्थानमा क्रमसंख्या अनुसार रहेको छ ।
 गत बर्षमा प्रथम स्थानमा पुगेका मिमेश्वर नपा अनुतिर्ण भएको छन् । अन्य अनुर्तिणमा कमलमाई, विराटनगर, गोरखा, र सिरहा नगरपालिका छन् ।
    जिल्ला विकास समितिमा यस बर्ष धनकुटा जिल्ला ८६ अंकका साथ प्रथम र भक्तपुर जिल्ला ८४ अंकका साथ दोस्रो भएको छन । यसभन्दा अघि भक्तपुर प्रथम भएका थिए ।
 उपत्यकामा काठमाडौं जिल्लाले ६२ अंक प्राप्त गरेका छन् भने ललितपुर जिल्ला ५४ अंक प्राप्त गरेर पनि अनुत्तिर्ण भएका छन् ।

No comments:

Post a Comment