Saturday, July 27, 2013

गाईजात्राका तीन पुस्तक विमोचन

वर्ष १०, अंक १७ (२०७० साउन ११ गते शुक्रबार प्रकाशित)

गाईजात्राका तीन पुस्तक विमोचन

    कीर्तिपुर  । “गाईजात्रा पर्व, कीर्तिपुरको गाईजात्रा र नायखिं च्वयेकेगु” विनोद श्रेष्ठद्वारा लिखित तीन पुस्तकको एकैसाथ कीर्तिपुर हिलसाइड होटल एण्ड रिर्सोटमा लोकर्पण गरियो । पुस्तक ‘कीर्तिपुरको गाईजात्रा’ नेवार संस्कृतिविद वलदेव जुजुद्वारा, ‘नायखी च्वयेकेगु’ नेपाल संगीत तथा प्रज्ञाप्रतिष्ठानका उपकुलपति प्रचण्ड मल्लद्वारा र ‘गाईजात्रा पर्व’ सत्यमोहन जोशीको अनुपस्थितिमा पुस्तकका लेखक स्वंयम विनोद श्रेष्ठले लोकार्पण गर्नभएको थियो । त्यसक्रममा संस्कृतिविद बलदेव जुजुले ऐतिहासिक पर्व वारे पूस्तकको रुपमा प्रकाशित गरी संस्कृति अध्ययन गर्नेहरुको लागि सजिलो बनेको विश्वास लिनुभयो । वहाँले विमोचित पुस्तकवारे आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।
    त्यसैगरी संगीत तथा नाट्य प्रज्ञाप्रतिस्ठानका उपकुलपति प्रचण्ड मल्लले सांस्कृतिक वाद्यवादनमा धनी नेवार संस्कृतिको ‘नायखिं च्वयेकेगु’ पुस्तकले लोपोन्मुख वाद्य वादनको पुनरउत्थान हुनेछ  र संस्कृति लोपहुनबाट बचाउन नियमित नयाँ नयाँ पिढीलाई तालिम दिनुपर्ने बताउनुभयो ।
     कार्यक्रममा भीडिओ लिंकको निर्माणमा अनिल महर्जनको परिकल्पना, सम्पादन र निर्देशनमा तयार पारेको गाईजात्रा सम्बन्धी वृतचित्र  ‘सापारु’  को पहिलो प्रिमियर सो गरेको थियो । पूस्तक लेखक विनोद श्रेष्ठको स्वागत मन्तब्यबाट स्वागत गरिएको सो कार्यक्रममा डकुमेन्ट्री निर्माणमा सहयोग गर्नुहुने सहयोगीहरुलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । स्थानीय जनशक्तिको कलाकारहरुको प्रस्तुती रहेको सापरु वृचचित्र गाईजात्रा पर्व २०७० को अगाडि च्यारिटी सो देखाउने निर्देशक अनिल महर्जनले सहिदलाई बताउनुभयो ।

No comments:

Post a Comment