वर्ष १०, अंक १७ (२०७० साउन ११ गते शुक्रबार प्रकाशित)
बौद्धमार्गीहरु सरकार विरुद्ध सडकमाः
१५ गते सिंहदरवार घेर्ने
सुर्खेतको कांक्रे विहारमा बुद्धको मूर्ति स्थापना गर्ने क्रममा प्रहरी प्रशासनले हस्तक्षेप गरी बुद्धको मूर्ति फालिएको विरोधमा बौद्धमार्गीहरु सडक संघर्षमा ओर्लेका छन् ।
बौद्ध सरोकार समितिको आयोजनामा दोस्रो चरण काठमाडौं केन्द्रित आन्दोलन अन्तर्गत ९ गते बुधबार कीर्तिपुरमा कोण सभा गरी राज्यको विरोधमा आवाज बुलन्द पारेका छन् । कोण सभामा गुरु लामाले बुद्धको जन्मभूमि देशमा कांक्रे विहारमा पुनःस्थापित मूर्ति राज्यको प्रहरी प्रशासनले निकाली सेफ्टी ट्याङ्की नेर फालेकोमा विरोध गर्दै सय वर्ष बाच्नु भन्दा १ दिन वीर नेपाली भनेर मर्नु धेरै गुणा मानवको हितमा छ भन्नुहुँदै सरकारले तत्काल निर्णय गरी मूर्ति पुनःस्थापनामा सहयोग गर्न आग्रह गर्नुभयो । होइन भने यो सरकारले सिँहदरवार बसेर देश चलाउने अधिकार छैन । यो सरकार असंवैधानिक सरकार भन्दै १५ गते हुने सिँहदरवार घेराउमा सबै सहभागी हुन आग्रह गर्नुभयो ।
धर्मोदय सभाका वरिष्ठ उपाध्यक्ष लक्ष्मीदास मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा बौद्ध धर्मको पहिचानको लागि सबै नेपाली जनता संघर्षमा उत्रन आह्वान गर्नुभयो ।

No comments:
Post a Comment