वर्ष १०, अंक १७ (२०७० साउन ११ गते शुक्रबार प्रकाशित)
बल्खु–टियू गेट सडक अलपत्र !
कीर्तिपुर नयाँबजारबासी सतर्क ?
काठमाडौं उपत्यका गाउँविहिन बन्दै छ भने सरकारले अधिराज्यभर नै सडक बिस्तारको कार्य पनि तीव्र पारेको छ । काठमाडौं उपत्यकामा ४०० कि.मि. सडक बिस्तार गर्ने लक्ष्य लिएपनि हालसम्म ७२ कि.मि.बाट बाटो फराकिलो पार्ने काम भएको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ ।
त्यस मध्ये १५ कि.मी. मात्र पिच भएकोले प्रमले भाद्र १५ गते सवै फराकिलो सडक पिच गर्न निर्देशन दिनुभएको छ । बुधवार सडक सम्बन्धि वैठकमा निर्धारित समयमा नसिध्याएमा कारवाही गर्ने समेत भनेका छन् ।
फराकिलो पार्ने क्रममा भत्काएका र बिगारेका सडक लथालिङ्ग छ भने बल्खु चोकबाट टियू गेटसम्मको सडक ठेकेदारले काम छाडेको समाचार छ ।
बल्खु खोलामा रिटेनिङ्ग वाल बनाउन सडक डाइभर्सन गरी काम अपुरो छोडिएको छ भने फराकिलो बाटोमा हाल कुनै काम भएको छैन अस्त व्यस्त सडकले बल्खुको जामको चाप पनि बढेको छ ।
प्राधिकरणले कामपा १४ चक्रपथ गाँखेलबाट टीयू शिवालय हुँदै कीर्तिपुर नयाँ गेटसम्म सडक बिस्तार योजनाको लागि दायाँबायाँ ७/७ मिटरको चिन्ह लगाएपनि स्थानीय राजनैतिक दल, स्थानीय सरकार, टीयू र स्थानीय जनताको सक्रियतामा अन्तिम निर्णय नभएसम्म तत्काल नबनाउने प्राधिकरणले जनाएको छ । यसैबीच कीर्तिपुर नयाँबजारका बासिन्दा अहिलेदेखिनै सतर्क भएर सडक बिस्तार मापदण्ड नै खारेज गर्नुपर्ने माग राखी आन्दोलित भैरहेका छन् ।
बुधबार मूलबासी जनता र मापदण्ड खारेजी संघर्ष समितिले जुलुस सहित कीर्तिपुर नपामा डेलिगेशन गई ज्ञापनपत्र बुझाएका छन् । कीर्तिपुरमा नयाँबजार पाँगा दोबाटो हुँदै ढोकासी चोभार र पाँगा दोबाटो हुँदै भत्क्यापाटी र कीर्तिपुर रिङ्गरोडमा सडक बिस्तार गरिने चर्चा चलिरहेको छ ।

No comments:
Post a Comment