Saturday, September 14, 2013

पशुपतिको भेटी दुई वर्षमा ११ करोड

वर्ष १०, अंक १९ (२०७० श्रावण २५ गते शुक्रबार प्रकाशित)

पशुपतिको भेटी दुई वर्षमा ११ करोड

    काठमाडौ । सरकारले पशुपतिनाथ मन्दिरमा भेटी व्यवस्थापन थालेको दुई वर्षमा दश करोड ६९ लाख १८ हजार रुपैयाँ संकलन गरेको छ ।
    पशुपतिनाथ मन्दिरमा दैनिक जम्मा हुने भेटी पारदर्शी बनाउन सरकारले ’मन्दिर तथा पूजा व्यवस्थापन नियमावली २०६८’ लागू गरेपछि दश बर्ष बराबरको भेटी दुई बर्षमै संकलन भएको हो । दुई वर्षअघि सरकारले नियमावली लागू गरेको थियो ।
    पशुपति क्षेत्र विकास कोषका निर्देशक रमेश उप्रेतीका अनुसार आर्थिक बर्ष ०६८ र ६९ मा २ करोड ८० लाख ३९ हजार, आव ०६९ र ७० मा ७ करोड ८८ लाख ७९ हजार गरी यस वर्षको असाढ मसान्तसम्ममा दश करोड ६९ लाख १८ हजार रुपैयाँ भन्दा बढी भेटीघाटी संकलन भएको छ । पशुपति विकास कोषले दिएको जानकारीअनुसार पशुपतिको विशेष पूजाबाट मात्रै ४ करोड २८ लाख रुपैयाँ भेटी संकलन भएको छ । नियमावली लागू हुनुभन्दा अघि मूल भट्टले आप्mनो स्वविवेकले मात्र पशुपति मन्दिर व्यवस्थापनका लागि खर्च उपलब्ध गराउने चलन थियो ।
    त्यसैगरी, हुण्डीबाट २८ लाख ३३ हजार, बासुकीनाथबाट १९ लाख ३३ हजार रुपैयाँ भन्दाबढी र पशुपतिनाथ मन्दिरको पुजाबाट ५ करोड ४६ लाख रुपैयाँ भन्दा बढी संकलन भएको छ ।
    सरकारले मन्दिर तथा पूजा व्यवस्थापन नियमावली लागू गरेपछि यस्तो हिसाब बाहिर आएको हो । यसरी उठेको रकमबाट विशेष पूजा, भट्टको पारिश्रमिक तथा सुविधा, भण्डारी पारिश्रमिक तथा सुविधामा खर्च गर्न पर्ने नियमावलीमा प्रावधान छ । त्यसैगरी नित्य पूजा, पर्व पूजा, कर्मचारी खर्च र अन्य पूजामा खर्च गरी करीब ६ करोड रुपैयाँ भन्दा बढी खर्च भएको छ भने, ४ करोड रुपैयाँ बचत भएको छ ।
    पर्यटक शुल्क, पार्किङलगायतका विभित्र शुल्क गरी कोषले बाषिर्क २८ करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्छ ।
    पशुपति मन्दिरमा प्रत्येक दिन तीस वटाभन्दा बढी विशेष पूजा लाग्छन् । पूजामा एकजना दर्शनार्थीले बीस हजार रुपैयाँभन्दा बढी भेटी चढाउूछन् ।

No comments:

Post a Comment