वर्ष १०, अंक १९ (२०७० श्रावण २५ गते शुक्रबार प्रकाशित)
क्षमता अभिवृद्धि तथा विद्यालय सुशासन सम्बन्धी अभिमुखीकरण
जिल्ला शिक्षा कार्यालयबाट आयोजित कीर्तिपुर नगरपालिका भित्र रहेका १५ वटा सामुदायिक विद्यालयका विद्यालय निरीक्षक उषा कँडेल र कीर्तिपुर श्रोत केन्द्रका श्रोत व्यक्तित्व कुलप्रसाद भण्डारीको संयोजकत्वमा कीर्तिपुर श्रोत केन्द्र कीर्तिपुर माविमा १५ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महिला प्रतिनिधि, शिक्षक, स्थानीय अन्य सरोकारवालालाई आ–आफ्ना विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि महत्वपूर्ण अभिमुखीकरण कार्यक्रम साउन १५ गते भयो ।
आ–आफ्ना विद्यालयको क्षमता अभिवृद्धि तथा विद्यालय सुशासन सम्बन्धी २ दिने कार्यक्रमा शैक्षिक गुणस्तर वृद्धिका लागि निम्न लिखित बुँदाहरुमा अभिमुखीकरण भएको थियो ।
१) विद्यालय सुधारमा विद्यालयका सरोकारवालाहरुको भूमिका (भर्ना, टिकाउ, उपलब्धीको सुधार), २) विद्यालय व्यवस्थापन, ३) विद्यालय सुधार योजना, ४) विद्यालय सुशासन, ५) बालमैत्री विद्यालय व्यवस्थापन, ६) विपद् व्यवस्थापन, आदि बारे
कार्यक्रममा सहभागी विद्यालयहरुका पदाधिकारीहरुलाई बालकुमारी माविका प्रधानाध्यापक श्रीकुमार रायमाझीको राय अनुसार ६ वटा समूह निर्माण गरी माथि उल्लेखित ६ वटा बुँदा छुट्याई छलफल अगाडि बढाइएको थियो ।
जनसेवा उमाविका शिक्षक रामचन्द्र महर्जनले बुँदा १ विद्यालय सुधारमा विद्यालयका सरोकारवालाहरुको भूमिकामाथि प्रकाश पार्नुभयो । भर्ना टिकाउ र गुणस्तर सुधारका सम्भावित क्रियाकलपाहरुः १) भर्ना अभियान, २) अभिभावक भेला, ३) पारिवारिक सर्वेक्षण, ४) समावेशी योजना निर्माण, ५) दैनिक कार्यतालिका निर्माण, ६) विषयगत शैक्षणिक योजना निर्माण र कार्यान्वयन, ७) बालमैत्री विद्यालय निर्माण, ८) निरन्तर विद्यार्थी मूल्याङ्कन प्रक्रिया कार्यान्वयन, ९) आचार संहिता निर्माण र कार्यान्वयन, १०) सामग्री निर्माण, संकलन ११) सिकाई उपलब्धीको लक्ष्य निर्धारण र शिक्षकबाट लिखित प्रतिबद्धता संकलन, १२) सामाजिक परीक्षण र युवोधिकरण, १३) बाल क्लव निर्माण र परिचालन गर्न सक्यो छ भने कुनैपनि विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका उपयोगी, प्रभावकारी र सहयोगी हुनेमा विश्वास दिलाउनुभयो ।
बुँदा (२) विद्यालय व्यवस्थापन सम्बन्धमा आदिनाथ माविका प्रअ जुजुभाइ महर्जनले विद्यालयमा रहेको र विद्यालय संचालनमा आवश्यक श्रोतहरु (भौतिक, मानवीय, आर्थिक) को उचित परिचालन, बालबालिकामा पाठ्यक्रमले तोकेको सिकाइ उपलब्धी हासिल गराउनु, विद्यालयको कुशल व्यवस्थापनका लागि विद्यालयले संस्थागत रुपमा योजना, संगठन, समन्वय र नियन्त्रण व्यवस्थापकीय कार्यहरु गर्न सकियो भने शैक्षिक गुणस्तर वृद्धि गर्नमा टेवा पुर्याउँछ भन्ने कुराहरुबारे प्रकाश पार्नुभयो ।

बुँदा (३) विद्यालय सुधार योजनावारे मंगल उमाविका प्राचार्य प्रदीप महर्जनले आर्थिक वर्ष तथा शैक्षिक सत्र सुरु हुनु पूर्व विद्यालयमा शैक्षिक, भौतिक, आर्थिक एवं प्रशासनिक कार्यहरुको उपलब्धिपूर्ण कार्यान्वयनका लागि विद्यालयद्वारा पारदर्शिताका साथ तयार गर्नुपर्ने, Vision Workshop र विश्लेषण गर्नुपर्ने Master Plan बताउनुपर्ने, विभिन्न कुराहरुमा विश्लेषण गर्नुपर्नेमा जोड दिनुभयो साथै वार्षिक योजना र बजेट बनाउँछ । स्थानीय सरोकारवालाहरुसँग छलफल र अन्तरक्रिया गरी विद्यालयसँग सम्बन्धित स्थानीय सरोकारवालाहरु विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक संघका पदाधिकारी, शिक्षक, प्रधानाध्यापक, विद्यार्थी सेवा क्षेत्रका स्थानीय निकाय, सरकारी गैरसरकारी संस्थाका पदाधिकारीहरुको बढी भन्दा बढी सहभागिता गराई एक वर्षमा सम्पादन गर्न सकिने कार्यक्रमहरु, बजेट र श्रोतहरु परिचालन तथा परिचालन सम्बन्धी छलफल गर्न आवश्यक हुनेमा राय व्यक्त गर्नुभयो । जसले गर्दा विद्यालय सुधार योजना प्रभावकारी हुन्छ भन्ने उहाँको धारणा छ ।
बुँदा (४) विद्यालय सुशासनमा बाघभैरव माविका प्र.अ बद्रीप्रसाद खनालले विद्यालयमा गरिने क्रियाकलापहरु व्यवस्थित चुस्त दुरुस्त जवाफदेहीपूर्ण समतामूलक, सान्दर्भिक र पारदर्शी रुपमा सञ्चालन भइ राज्यले तोकेको उपलब्धीलाई प्रभावकारी रुपमा पुरा गर्ने खालको भएमा शैक्षिक उद्देश्य हासिल गराउन आवश्यक नेतृत्व प्रदान गर्ने, विद्यालयभित्र हुने भौतिक, मानवीय, आर्थिक शिक्षण सिकाइ पक्षहरुको बारेमा स्पष्ट व्यवस्थापन अभिलेखीकरण गरी सूचना पारदर्शी रुपमा सम्प्रेषण गरेमा विद्यालय सुशासन कायम हुनेमा विश्वास दिलाउनुभयो ।
बुँदा (५)बालमैत्री विद्यालय व्यवस्थापनमा वैष्णवी माविका प्रअ युवराज सरले बालबालिकाले आफ्नो गति र क्षमता अनुसार रमाइलोसँग सिक्ने वातावरण भएमा, बालबालिकाहरुले शारीरिक मानसिक एवं संवेगात्मक रुपले सुरक्षित तथा स्वस्थ वातावरण पाएमा, प्रभावकारिता, समावेशीकरण, शिक्षामा लैङ्गिक पक्ष, बालबालिका, परिवार र समुदायको सहभागिता, स्वास्थ्य, सुरक्षा र वचावट, विद्यालयको भौतिक अवस्था, शिक्षण सिकाइ प्रक्रिया जस्ता कुराहरुमा पूर्ण ध्यान दिएमा बालमैत्री विद्यालय व्यवस्थापन राम्रो हुनेमा प्रकाश पार्नुभयो । यसै सन्दर्भमा कोरिया र जापानमा पनि बालमैत्री शिक्षा राम्रो भएको जानकारी दिनुभयो ।
त्यसैगरी बुँदा (६)विपद् व्यवस्थापनमा गोरखनाथ माविका शिक्षक पूर्ण महर्जनले अकस्मात कुनै घटना घटेर जनधनको क्षति भई सामाजिक जनजीवनमा प्रतिकुल असर पर्ने घटना नै विपद् भनी धारणा दिनुभयो । विपद् प्राकृतिक जस्तैः भूकम्प, ज्वालामुखी, बाढी–पहिरो, आँधीवेहरी, हुरी, असिना, चट्याङ्ग, आदि र मानव सिर्जित जस्तैः मरुभूमिकरण, रासायनिक दुर्घटना, प्राविधिक दुघर्टना, यातायात दुघर्टना, आगलागी, आदि विपद्का उदाहरणहरु बारे प्रष्ट पारिदिनु भयो । यस्ता विषयवस्तु विद्यालयस्तरमा पनि सिकाइ हुनुपर्नेमा जोड दिनुभयो र आवश्यकताको महशुस गराउनुभयो ।
उक्त अभिमुखीकरण धेरै नै विद्यालयको शैक्षिक गुणस्तरका लागि प्रभावकारी, सहयोगी र लाभदायिक हुनेमा जोड दिनुभयो । हरेक विद्यालयहरुमा अभिमुखीकरणबाट प्राप्त उपलब्धीलाई संगाल्न सके शैक्षिक गुणस्तरमा वृद्धि हुनेमा दुई मत भएन । सहभागी प्रत्येक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा शिक्षकहरुले आफ्ना–आफ्ना विद्यालयमा भएका समस्याहरु श्रोत व्यक्ति र विद्यालय निरीक्षकलाई सुनाउनुभयो । अनुगमन र निरीक्षणको कमी भएको महशुस भयो । राम्रो शिक्षा दिनसक्यो भने शैक्षिक गुणस्तर वृद्धि हुन्छ भन्ने धारणा व्यक्त भयो । यसै सन्दर्भमा जनसेवा उमाविका प्राचार्य नन्दकुमारी महर्जनले विद्यालयमा भइरहेको तथा गर्नुपर्ने बारे सबै सहभागीहरुलाई अवगत गराउनुभयो । अधिकांश शिक्षकहरुले उक्त कार्यक्रममा आ–आफ्ना धारणा व्यक्त गर्नभयो । उक्त कार्यक्रममा उठेका प्रश्नहरु तथा समस्याहरुलाई सुल्झाउने वा समाधान गर्ने प्रतिबद्धताका साथ श्रोत व्यक्ति र विद्यालय निरीक्षकहरुले लिनुभयो ।
यसै शिलशिलामा शिक्षक रामचन्द्र महर्जनले उक्त कार्यक्रम अति लाभदायिक र प्रभावकारी भएको बताउनुभयो । प्रत्येक वडामा रहेका विद्यालयहरुमा शैक्षिक गुणस्तरका लागि समय–समयमा निरीक्षण र अनुगमन हुनुपर्दछ भनी श्रोत व्यक्ति र विद्यालय निरीक्षकज्यूहरुलाई अवगत गराउनुभयो र अन्तमा श्रोत व्यक्ति कुलप्रसाद भण्डारी र विद्यालय निरीक्षक उषा कँडेलबाट कार्यक्रम सम्पन्न भएको घोषणा गर्नुभयो ।

— रामचन्द्र महर्जन
शिक्षक जनसेवा उमावि
शिक्षक जनसेवा उमावि
No comments:
Post a Comment