Saturday, September 14, 2013

सापारु वृत्तचित्र प्रर्दशन

वर्ष १०, अंक १९ (२०७० श्रावण २५ गते शुक्रबार प्रकाशित)

सापारु वृत्तचित्र प्रर्दशन

    गत श्रावण १९ गते शनिवारका दिन बिहान ११ बजे  शुरु भएको सापारु वृत्तचित्रको पहिलो प्रर्दशन पुर्णरुपमा सफल रह्यो । कीर्तिपुरबासीले अधिकतम रुचाएको र थप ठाउँहरुमा पनि यसको प्रदर्शन गर्नुपर्ने साथै यसको म्ख्म् बनाई घर घरमा हेर्न मिल्ने बनाउनु पर्ने कुरा सहभागीले विचार राखेका थिए । यस वृत्तचित्रमा प्रस्तुत विषयबस्तुहरुले जनमानसमा कीर्तिपुरको गाईजात्रासंग सम्बन्धित विभिन्न खुलासाहरु पुष्टि गरेको साथै आफुहरुले नयाँ कुराहरु पनि बुझ्न पाएकोले युवा अनि वृद्ध सहभागि अन्यन्त खुशी भए । कीर्तिपुरको गाईजात्रामा देखाईने बाघ भैरव नाचको विषयबस्तुलाई थप रोचक दिई जनमानसले हेर्नुका साथै धेरैले यस वारे आफुहरु अनविज्ञ रहेको कुरा पनि जनाए । निमार्ण पक्ष भिडियोलिंकका अनिल महर्जन र साथीहरुले कीर्तिपुरबासीहरुको सहयोग पाएमा कीर्तिपुर सम्बन्धि थप भिडियोहरु पनि बनाउँदै लाने सोच बनाएको जानकारी दिए । सोहि क्रममा निर्माण पक्षले यसको दोश्रो प्रदर्शन श्रावण २६ गतेका दिन नगाउँ सामुदायिक भवनमा हुने कुरा पनि जानकारी दिए । निर्माण पक्षले यस वृत्तचित्र निर्माणका क्रममा लेखक विनोद श्रेष्ठले अनुसान्धान गरि प्रकाशन गर्नु भएको ३ वटा कृतिहरु (कीर्तिपुरको गाईजात्रा पर्व, गाईजात्रा पर्व, नाय्खिं च्वयेकेगु) लाई आफ्नो मुल सार बनाएको कुरा पनि बताए साथै ती कृतिहरु अहिले बजारमा सर्वत्र उपलब्ध रहेको कुरा पनि बताए ।

No comments:

Post a Comment